पब्लिक स्टारको निर्वाचन सहितको साधारणसभा सम्पन्न

पब्लिक स्टारको निर्वाचन सहितको साधारणसभा सम्पन्न :: Sahakari Akhabar

विराटनगर । विराटनगर–१३ मा अवस्थित पब्लिक स्टार बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं साधारणसभाबाट आगामि कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ ।

स्टार कलेज तथा स्कुलको सभाहलमा सम्पन्न साधरणसभाबाट अध्यक्षमा डा.उद्धब पोखरेल, उपाध्यक्षमा सावित्री दाहाल, सदस्यहरूमा, सूर्यबहादुर लामा, खगेन्द्र रिजाल, भवानीशङ्कर सिवाकोटी, बिमला थापा, राधा शिवाकोटी, प्रदिप गुप्ता र पुष्पा तुलाधर रहेका छन् । यस्तै लेखा समिति संयोजकमा सन्दिप चौधरी चयन भएका छन् ।

संस्थाले करिब दुई करोड ५० लाखको बचत कारोबार, २५ लाख शेयर पूँजी, करिब तीन करोडको ऋण लगानी रहेको छ भने खुद नाफा तीन लाखभन्दा बढी रहेको संस्थाका अध्यक्ष पोखरेलले जानकारी दिए ।

कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले सहकारीले जीवनस्तर सुधारेर नेपाललाई समृद्धिको दिशामा लगेको बताए । देशभरका सहकारी यसका लागि धन्यवादका पात्र रहेको उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवस मनाइरहेको परिपे्रक्ष्यमा घरका महिला सुखी भए परिवार नै सुखी हुनेहुनाले सबैले यस तर्फ सोच्न जरुरी छ । सहकारीको माध्यमबाट आर्थिक समस्या समाधान हुने र सचेतना फैलाउदै अघि बढेमा महिला हिंसा न्यूनीकरणमा समेत सघाउ पुग्ने बताए ।

कार्यक्रममा वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतले १० हजारको बचत लाखौको लगानीमा परिणत गर्न सक्षम बनाउने क्षेत्र सहकारी रहेकाले बचत गर्ने बानीको विकास गर्नका लागि सहकारी जनउपयोगी हुने बताए । राष्ट्रिय सहकारी महासंका उपाध्यक्ष रमेश पोखरेलले सहकारीको माध्यमबाट आर्थिक समृद्धिको अपार सम्भावना रहेको र जनताको जीवनस्तर उकास्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए ।



Leave a comment