भक्तपुर । गठ्ठाघरमा रहेको अन्नपूर्ण बहुमुखी सहकारी संस्थाले सदस्यलाई शेयर बजार सम्वन्धि तालिम दिने भएको छ । संस्थाले सदस्यहरुलाई वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत उक्त तालिम प्रदान गर्न लागेको हो ।
उक्त तालिममा सहभागि हुन चाहने सदस्यहरुले यही मंसिर २४ गतेसम्म संस्थामा सम्पर्क गरी फारम भर्न सकिने जनाइएको छ । तालिम लिन चाहने सदस्यले प्रवेश शुल्क बापत ५ सय रुपैयाँ बुझाउनुपर्ने जनाइएको छ ।
तालिम सदस्यको आवश्यकता अनुसार ४ दिनदेखि ७ दिनसम्म चल्नसक्ने संस्थाका ब्यवस्थापक महेन्द्रप्रसाद भट्टराईले जनाए । उनले भने ‘यो नितान्त सदस्यहरुको लागि हो बाहिरको मानिसलाई हामी सहभागी गराउँदैनौं ।’ संस्थमा ०७८ साल असार मसान्तसम्म ३ हजार ४ सय ८५ जना सदस्य छन् ।
Leave a comment