हाइलाइट

एनएमसीद्धारा महिला हिंसा विरुद्ध तालिम

एनएमसीद्धारा महिला हिंसा विरुद्ध तालिम :: Sahakari Akhabar

मोरङ । एनएमसीले महिला माथि हुुने विभिन्न प्रकारका हिंसा र सो सम्बन्धी कानुुनी परामर्श नामक एक दिने कार्यक्रम सम्पन्न गरेको छ । एनएमसीको महिला सशक्तिकरण उपसमितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

मंसिर १६ गते मोरङस्थित रमाइलो बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा महिला माथि हुुने विभिन्न प्रकारका हिंसाको बारेमा छलफल र सो सम्बन्धी कानुुनी परामर्शमा प्रशिक्षण भएको थियो । झापा बार एसोसिएसनका सचिव अधिवक्ता हेमकला कट्टेलले प्रमुख सहजीकरणको भूमिका निभाएकी थिइन् ।

कार्यक्रमको अध्यक्षता महिला सशक्तिकरण उपसमिति सदस्य कविता पौडेलले गरेकी थिइन् । डेरी व्यवसाय उपसमिति सदस्य मुुना कुुँईकेलले सहभागीहरुलाई स्वागत तथा सामुदायिक विभाग प्रमुुख हिरन कट्टेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।



Leave a comment