हाइलाइट

मन्थली साकोसको निर्वाचन सहितको २४औँ बार्षिक साधारणसभा सम्पन्न 

मन्थली साकोसको निर्वाचन सहितको २४औँ बार्षिक साधारणसभा सम्पन्न  :: Sahakari Akhabar

रामेछाप । मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्थाको २४औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष ध्रुव सुबेदीले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले संस्थाको कुल पूँजी एक अर्ब ११ करोड पुगेको जनाइएको छ । संस्थाको कुल पूँजी एक अर्ब ११ करोड रहेको संस्थाले जनाएको छ ।

चौबीस बर्ष अघि स्वर्गीय जगदीश घिमिरेले स्थापना गरेको मन्थली सहकारी चौध हजार रुपैयाँबाट सुरु गरेर हाल एक अरब नघाएको संस्थाका सचिब गोबिन्द घिमिरेले बताए ।

मन्थली बचत दक्षिण एसियाली मापदण्ड भित्र रहेको र आफ्ना गतिविधि पनि सोही अनुसार गरिरहेको सचिव घिमिरेले जानकारी दिए । ११ जनाबाट सुरुवात गरेको मन्थली बचतले चौबीस बसन्त पार गर्दैगर्दा पन्ध्र हजार सदस्य पुर्याएको छ ।

संस्थाका अध्यक्ष ध्रुब सुवेदीको अध्यक्षता तथा मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले मन्थली बचतको नयाँ नेतृत्व चयन गरेको छ ।

सभाले गोबिन्दप्रसाद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति र टंकप्रसाद दाहालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको निर्बिरोध निर्वाचीत गरेको छ ।

उपाध्यक्षमा चन्द्र खड्का, सचिवमा हिमाल ढुंगेल, कोषाध्यक्षमा टीकाप्रसाद भट्ट, सदस्यहरुमा तारादेवी थापा, महेश घिमिरे, नानीमैया माझी, गौतमकुमार श्रेष्ठ र नविन केसी निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा सुपरिवेक्षण समितिमा कृष्णवहादुर वस्नेत र जानुकी श्रेष्ठ सदस्य निर्वाचित भएका छन् । 



Leave a comment