विराटनगर । सृष्टि बचत तथा ऋण सहकारी संस्थाको २५ औ साधारणसभा सम्पन्न गरेको छ । २५ बर्ष पहिला केही युवाहरू मिलेर शुरू भएको सहकारीले एक बर्षमा १ करोड ७३ लाख ८३ हजार ६ सय १६ रूपैया आम्दानी गरेको जनाएको छ ।
संस्थाका अध्यक्ष बुद्धिबहादुर थापाले संस्थामा १४१८ जना सदस्य रहेको जाजकारी दिए । संस्थाको सेयर पुँजी १ करोड ८९ दाख २४ हजार रहेको छ ।
चालू आर्थिक बर्षमा ४ लाख ७८ हजार ५ सय सेयर रकमफिर्ता हुँदा १ करोड ८४ लाख४५ हजार ५ सय कायम भएको थापाले जानकारी दिए । कुल पुँजीमा सेयर पुँजीको हिस्सा १७.१० प्रतिशत रहेको थापाले बताए ।
संस्थाको निक्षेप बचतमा १० करोड ७८ लाख ५० हजार ५८३ रूपैया रहेको तथा निक्षेप फिर्ता१६ करोड १६ लाख २०हजार ९१७– फिर्ता भुक्तानी गरेको संस्थाले जनाएको छ ।
संस्थाको साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको छ । अध्यक्षमा मोहनप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति गठन भएको हो । उपाध्यक्षमा डम्बरबहादुर कार्की, सचिवमा नारायणप्रसाद धमला सहित ११सदस्यीय कार्य समिति चयन भएको छ । जसको सदस्यमा उमेश पोखरेल, बसन्तराम चौधरी, साबित्रीदेबी काफ्ले, राधादेवि काफ्ले, केदार कार्की, रामकृष्ण नेपाल, ईन्द्रनारायण श्रेष्ठ र तसलसीराम श्रेष्ठ चयन भएका छन् ।
संस्थाले १ करोड १५ लाख ८७ हजार ९०९ रूपैया लगानी गरेको छ । संस्थाले शैक्षिक कर्जा, वैदेशिक कर्जा पशुपालन, माछापालन तथा तरकारी खेती आदिहरूमा व्यवसायिक कामका लागि लगानी गरिरहेको जनाएको छ ।
यस आ.व. ०७७/०७८ मा ९ करोड ६५ लाख ३० हजार ५०६ कर्जामा लगानी गरेको संस्थाका अध्यक्ष थापा बााउँछन् । कर्जा असुलीमा ७ करोड ७लाख ,९८हजार २४७ रहेको छ ।
संस्थाले आफूले गरेको लगानीबाट १ करोड ,४०लाख ५ हजार ९७९ब्याज असुली गरेको छ । संस्थाको कुल आम्दानी लक्ष्य अनुसार १करोड ७७ लाख ३१हजार ७१५ आम्दानी प्राप्त भई लक्ष्यको ९५.२९ प्रतिशत प्रगति हासिल भएको संस्थाले जनाएको छ ।
यसैबीच संस्थाको साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको छ । अध्यक्षमा मोहनप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति गठन भएको हो ।
उपाध्यक्षमा डम्बरबहादुर कार्की, सचिवमा नारायणप्रसाद धमला सहित ११सदस्यीय कार्य समिति चयन भएको छ । जसको सदस्यमा उमेश पोखरेल, बसन्तराम चौधरी, साबित्रीदेबी काफ्ले, राधादेवि काफ्ले, केदार कार्की, रामकृष्ण नेपाल, ईन्द्रनारायण श्रेष्ठ र तसलसीराम श्रेष्ठ चयन भएका छन् ।
Leave a comment