हाइलाइट

बाबियाखर्क साकोसको अध्यक्षमा ऋषिराज घिमिरे सर्वसम्मत निर्वाचित   

बाबियाखर्क साकोसको अध्यक्षमा ऋषिराज घिमिरे सर्वसम्मत निर्वाचित    :: Sahakari Akhabar

काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षमा ऋषिराज घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको आज सम्पन्न २५ औं वार्षिक साधारण सभाले अध्यक्षमा घिमिरेलाई र्विसम्मत चयन गरेको हो ।

सभाले घिमिरेको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति र गोविन्द प्रसाद घिमिरेको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा तारा प्रसाद घिमिरे, सचिवमा हरि प्रसाद घिमिरे, कोषाध्यक्षमा तीर्थराज घिमिरे तथा सदस्यहरुमा उमेश प्रसाद घिमिरे, कुष्णमुरारी घिमिरे, नारायण प्रसाद घिमिरे, श्रीभा नेपाल र तारादेवी थपलिया निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैैगरी लेखा सुपरिवेक्षण समिति सदस्यमा दिपीका पोखरेल र बुद्धिनाथ भट्टराई चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष घिमिरेले नयाँ सञ्चालक समितिको मुख्य लक्ष्य संस्थालाई एक्सेस ब्रान्ड दिलाउने रहने बताए ।

एक्सेसमा आबद्ध बाबियाखर्क साकोसलाई उक्त ब्रान्ड दिलाउने सबैभन्दा मुख्य लक्ष्य हुने नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए । यस्तै, संस्थागत सुशासन, मानव संशाधनको दक्षता वृद्धि, एकीकरण तथा सेवा केन्द्र विस्तार जस्ता विषयमा ठोस योजनासहित साकोस अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

आज सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परिक्षण प्रतिवदेन, चालु आर्थिक वर्षको बार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ ।

साथै संस्थाको विनियम संशोधन, नीति तथा कार्यविधिहरु, सेयर लाभांश, संरक्षित पुँजी फिर्ता कोष र कर्मचारी बोनस कोष वितरणआदि महत्वपूर्ण विषयहरुको प्रस्ताहरु उपर छलफल गरी पारित गरेको छ ।

सभाले सदस्यहरुलाई १० प्रतिशत सेयर लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  सदस्यहरुको उल्लेख्य सहभागिता रहेको सभामा विभिन्न सम्मान तथा चिठ्ठाको नतिजा सार्वजनिक एवम पुरस्कार वितरण कार्यक्रम पनि गरिएको थियो । ३ हजार ६२१ सदस्य रहेको संस्थाको कुल सम्पति करिब ४० करोड रहेको छ । 



Leave a comment