हाइलाइट

चन्द्रागिरि साकोस आधुनिक प्रविधियुक्त कोर बैंकिङ सिस्टममा आबद्ध

चन्द्रागिरि साकोस आधुनिक प्रविधियुक्त कोर बैंकिङ सिस्टममा आबद्ध :: Sahakari Akhabar

काठमाडौं । थानकोटमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आधुनिक प्रविधियुक्त कोर बैंकिङ सिस्टम प्रयोगमा ल्याएको छ । संस्थाले प्रिमियम टेक्नोलोजी प्रा.लि.ले निर्माण गरेको प्रिमियम सिविएस प्रयागमा ल्याएको हो ।

संस्थाले पुरानो सफ्टवेयर अपडेट गरेर नयाँ सेवासहितको सफ्टवेयर प्रयोगमा ल्याएको हो । संस्थाले प्रयोग गरेको सफ्टवयर क्लाउड बेस भएको र पुरानो सम्पूर्ण डाटा जस्ताको तस्तै नयाँमा सार्न सफल भएको प्रिमियम सिविएसका प्रमुख कार्यकारी अधिकृत मोहन वनले बताए ।

उनले भने अब सदस्यले संस्थामा धाइरहनुपरेन, घरबाटै खाता खोल्ने र ऋण माग गर्ने लगायतका सम्पूर्ण सेवा लिन सक्ने छन् । सफ्टवेयर माइग्रेसन गर्दा सहजै गर्न सकिने र सदस्यको खाता नम्बर पनि परिवर्तन नहुने कम्पनीले जनाएको छ ।

संस्थाले नयाँ सफ्टवयर अपडेटसँगै सदस्यहरुलाई सेवामा पनि थप हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए । चन्द्रागिरि साकोसका सदस्यहरुले आफ्ना सबै सेवा केन्द्रमार्फत सेवा प्राप्त गर्न सक्ने उनको भनाई छ ।

सहकारीका सदस्यहरुले अब यो अपडेटमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फारम अपडेट गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशन र अन्य धेरै सेवा सुबिधाहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।



Leave a comment