हाइलाइट

नेपालगञ्जमा शिवशिखर सहकारीको १४औं ‘गार्डेन मार्ट’

नेपालगञ्जमा शिवशिखर सहकारीको १४औं ‘गार्डेन मार्ट’ :: Sahakari Akhabar

भक्तपुर । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगञ्जमा ‘गार्डेन मार्ट’ को १४औं शाखा सञ्चालनमा ल्याएको छ । आफ्ना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन यो मार्ट सञ्चालनमा ल्याएको  संस्थाले जनाएको छ । 

पश्चिम नेपालको व्यवसायिक हव नेपालगञ्जमा शिवशिखर सहकारीले आफ्नै भवन किनेर यो मार्ट सञ्चालनमा ल्याएको हो। संस्थाका अध्यक्ष केदारनाथ शर्माका अनुसार मार्टबाट मात्र अहिले दुई सय ८० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन्। यो वर्ष लक्ष्यअनुसार शाखा विस्तार भएको खण्डमा झण्डै १२ सयले प्रत्यक्ष रुपमा रोजगारी पाउने भएका छन ।

‘मोफसलका ग्राहकलाई समेत एउटै छानामुनि सुलभ मूल्यमा आधुनिक किनमेलको अनुभव दिलाउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याएका हौं,’ शर्माले भने, ‘हाम्रो मार्टमा उपभोक्ताले बाहिरका पसलहरुमा जसरी बार्गेनिङ गरिरहनुपर्दैन, उचित मूल्यमा सामान पाउनुहुनेछ।’

मार्टमा विभिन्न दैनिक उपभोग्य वस्तु, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू, तयारी लत्ताकपडाहरु, भान्सामा प्रयोगहुने भाँडा वर्तन लगायत अन्य विभिन्न सामान, कस्मेटिक्स, स्टेशनरी, जुत्ताचप्पल, ब्याग लगायतका थुप्रै रेन्जका सामग्रीहरु उपलब्ध गराइएको जनाइएको छ। मार्ट शुभारम्भको अवसरमा सम्पूर्ण सामानमा विषेश छुट समेत दिइएको बताइएको छ।



Leave a comment