भक्तपुर । दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले नयाँ संचालक समिति चयन गरेको छ ।
समितिको अध्यक्षमा निर्जला ढुंगेल दाहाल उपाध्यक्षमा शारदा थापा सचिवमा पार्वती घिमिरे भण्डारी र कोषाध्यक्ष तारा खतिवडा सापकोटा चयन गरेको छ ।
त्यसैगरी सदस्यमा तुलसा पूरी, रीता के.सी., शारदा खनाल, भगवती पोखरेल ढुंगेल र लक्ष्मी कुमारी कार्की चयन भएका छन् । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा श्रृजना थापा खड्का तथा सदस्यमा चण्डिका थापा र मधुमाया श्रेष्ठ चयन भएका छन् ।
संस्थाले मंसिर ८ गतेदेखि सदस्यको उपस्थिति गराई ११ गते संस्थाकै कार्यालयमा समापन सभा सम्पन्न गरेको हो । संस्थाकी अध्यक्ष निर्जला ढुंगेल (दाहाल) को सभापतित्व रहेको सभाको वडा अध्यक्ष उत्तम थापाले उद्धघाटन गरेका थिए ।
सभाले विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा जेष्ठ सदस्य जीवन्त कुमारी घिमिरे, गंगा कुमारी भण्डारी, सरस्वती थापा, गंगा कुमारी खत्री, विष्णु महत रहेका छन् ।
त्यसैगरी मिनु श्रेष्ठ, लक्ष्मी सुवेदी कार्की , शान्ति ढुंगेल, सावित्री मिजार, तारा मिजारलाई एकल वा स्वनिर्भर सम्मान गरिएको छ । सभाले बाल बचत उत्सव अधिकारी, प्रिशियस ढुंगेल, नियमित बचतमा भक्त कुमारी क्षेत्री, एैछिक बचतमा सावित्रा थापा बुढाथोकीलाई सम्मान गरेको छ ।
त्यसैगरी खुत्रुके बचतमा सुलोचना ढुंगेल, आवधिक बचत प्रेम कुमारी नेपाल गिरीलाई सम्मान गरेको हो । शेयर पूँजी अन्तर्गत उर्मिला खड्का, असल ऋणी निरु थापा र सदस्य वृद्धिमा सहयोग गर्ने पूजा रोका क्षेत्री थापा, शारदा खनाललाई सम्मान गरेको हो ।
त्यसैगरी विशेष सम्मान रामप्यारी खत्री र संस्थाको गतिविधिमा सक्रिय सहभागी सदस्य सम्मान विमला घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाकी सचिव पार्वती घिमिरे भण्डारीले संचालन गरेकी थिइन ।
Leave a comment