काठमाण्डौँ । चावहिलमा रहेको नव सृर्जनशील बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का पूर्व अध्यक्ष ऋषिराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाका अध्यक्ष विश्वनाथ अर्यालले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले आर्थिक वर्ष ०७७/०७८ असार मसान्तसम्मको विवरण प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले १ करोड ७८ लाख ६६ हजार ७०० रुपैयाँ सेयर पूँजी, १४ करोड ३७ लाख ८७ हजार ३१६ रुपैयाँ बचत संकलन भएको जनाए ।
त्यसैगरी संस्थाले १५ करोड १० लाख, १६ हजार ९९४ रुपैयाँ लगानी रहेको जनाए । संस्थाले उक्त आर्थिक वर्षमा ७१ लाख ९७ हजार ९११ रुपैयाँ खुद नाफा गरेको छ । अध्यक्ष अर्यालले संस्थामा ११ सय १९ जना सदस्यरहेको जानकारी दिए ।
सभामा संस्थाले उत्कृष्ट कर्मचारी विनिता नेपाल तथा उत्कृष्ट सदस्य बलराम लुइटेल, विकास हुमागाई र केशर सेन्चुरीलाई सम्मान गरेको थियो ।
संस्थाले ६० वर्ष माथिका सदस्यहरुलाई तिर्थाटन गराएको, कोभिड १९ का कारण पेशा ब्यवसाय प्रभावित ऋणी सदस्यहरुलाई बन्दाबन्दीको अवधिमा ८ लाख ब्याज छुट दिएको जनाए ।
उनले त्यस्ता सदस्यहरुलाई ऋण तिर्न ४ महिना समय थप गरिएको पनि बताए । उनले संस्था नेफ्स्कूनबाट संचालित नेपाल स्तरिय कार्यक्रम प्रोवेसनमा सहभागी भएको र २ वर्षमा उक्त ब्राण्ड प्राप्त गर्नेगरी तयारी गरेको जनाए ।
सभामा कोषाध्यक्ष दामोदर सापकोटाले संस्थाको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक विश्वराज लामिछानेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा संस्थाले उत्कृष्ट कर्मचारी विनिता नेपाल तथा उत्कृष्ट सदस्य बलराम लुइटेल, विकास हुमागाई र केशर सेन्चुरीलाई सम्मान गरेको थियो । सभामा नेफ्स्कूनका विभागीय प्रमुख दर्गा ढकाललगायतले शुकामना ब्यक्त गरेका थिए ।
Leave a comment