Sahakari Akhabar

ॐ साई नाग लक्ष्मी सहकारीको निर्वाचन सहितको साधारण सभा सम्पन्न

ॐ साई नाग लक्ष्मी सहकारीको निर्वाचन सहितको साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमान्डौ । ॐ साई नाग लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा काशी नाथ पन्त चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको २३ औं बार्षिक साधारण  सभाले काशीनाथ पन्तको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति तथा ३ सदस्यीय लेखा समिति निर्विरोध चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा मोहनी लाल न्यौपाने, सचिवमा जय भोला श्रेष्ठ, कोषाध्यक्षमा नवराज थापा चयन भएका छन् । त्यसैगरी सञ्चालक सदस्यमा माधव प्रसाद चौलागाईं, ईश्वर निधि पान्डे र कुसुम कटुवाल निर्विरोध निर्वाचित भएका छन् । सभाले लेखा समिति संयोजकमा दिनेश शाक्य र सदस्यहरुमा राजकुमार बस्नेत र बच्चुराम केसी चयन भएका छन् ।

सस्थाका अध्यक्ष सरोजकुमार श्रेष्ठको अध्यतामा सम्पन्न साधारण सभामा राष्ट्रीय व्यापार सघका पर्व अध्यक्ष नयन बहादुर पन्डित क्षेत्री प्रमुख अतिथि रहेका थिए ।

त्यसैगरी काठमाडौ बहुउद्देश्यीय जिल्ला सहकारी सघका सस्थापक अध्यक्ष तुलसी प्रसाद सापकोटा, राष्ट्रीय सहकारी बैक न्युरोड शाखाका शाखा प्रमुख केदारनाथ उप्रेती, रन्जना व्यापार संघका अध्यक्ष धिरज श्रेष्ठ, नेपाली सेनाका सेनानी लोकबहादुर कटुवाल र अधिवक्ता  चेतबहादुर खड्काको उपस्थिती रहेको थियो । कार्यक्रम सस्थाका ब्यवस्थापक पवन भन्डारीले संचालन गरेका थिए ।



Leave a comment