Sahakari Akhabar

हाम्रो साकोसको २३ औं वार्षिक साधारण सभा सम्पन्न

हाम्रो साकोसको २३ औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar


ललितपुर । लगनखेल स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा तथा एकीकृत साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालको अध्यक्षतामा सम्पन्न सभाको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल रहेका थिए ।

त्यस्तै सभामा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाई लगायतको आतिथ्यता रहेको थियो ।

साधारण सभाले संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयाल तथा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक नारायण थापा, ले प्रस्तुत गरेको प्रतिवदन र कोषाध्यक्ष विदुरप्रसाद तिमल्सिनाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट पारित गरेको छ ।

कात्तिक २७ गतेबाट साधारण सभा सुरु गरेको साधारण सभाको मंसिर ४ गते समापन सभा गरिएको थियो । संस्थामा २०७८ असार मसान्तसम्ममा कुल ५ हजार ९ सय ३२ जना सदस्य आवद्ध भएका छन् ।

१४ करोड ६५ लाख ७९ हजार सेयर पुँजी रहेको संस्थाले अघिल्लो आर्थिक वर्षमा १ अर्ब १२ करोड ५२ लाख ८७ हजार रुपैयाँ बचत संकलन गरेको थियो ।

सोही अवधिमा संस्थाले १ अर्ब १९ करोड ३ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको थियो । त्यस्तै संस्थाको कुल सम्पत्ती १ अर्ब ४८ करोड ९७ लाख ४ हजार ३ सय रुपैयाँ पुगेको छ ।

२०७६ मंसिर ३० गते हाम्रो नमुना बचत तथा ऋण सहकारी, हाम्रो थैली बचत तथा ऋण सहकारी र सेवक बचत तथा ऋण सहकारी संस्था एकीकरण भई हाम्रो बचत तथा ऋण सहकारीको नामबाट कारोबार गर्दै आएको छ ।

संस्थाले हालसम्म तीन वटा सहकारी एकीकरण सम्पन्न गरिसकेको छ । संस्थाले जनजागरण बचत तथा ऋण सहकारी संस्थासँग पनि एकीकरण प्रक्रिया अघि बढाएको जनाइएको छ ।



Leave a comment