चीना थापा, विराटनगर । गोपाल बहुउदेश्यीय सहकारीको २० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष विरेन्द्र यादवको अध्यक्षता तथा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।
बार्षिक प्रगति प्रतिवेदन अनुसार सहकारीको शेयर पुजी ९० लाख ५१ हजार ५ सय रहेको छ भने चालु आर्थिक बर्षमा १ करोड १५ लाख २५ हजार ५ सय शेयर पुजी पुर्याउने लक्ष्य सहकारीको छ । सहकारीको बचत २ करोड ७६ लाख ३० हजार ५५ रुपैया रहेको छ भने ६ करोड २४ लाख ५७ हजार १६३ रुपैयाँ ऋण लगानी गरेको छ ।
सहकारीले राष्ट्रिय सहकारी बैंकमा १ लाख ९० हजार जम्मा रहेको छ भने जिल्ला सहकारी संघ मोरङमा १० हजार र नियमित बचत ४ लाख २९ हजार ७३५ रुपैया २६ पैशा जम्मा गरेको छ ।
बास्केट फण्डमा २ लाख ३४ हजार ५ सय रुपैया ४३ पैसा रहेको सहकारीले जनाएको छ । जिल्ला दूग्ध सहकारी संघमा २ हजार ५ सय, जिल्ला बहुउदेश्यीय सहकारी संघ मोरङ शेयर ५ हजार र नियमित बचत १ लाख १९ हजार ८४२ रुपैया र बास्केट फण्ड मा ३ लाख ४१७ रुपैया रहेको सहकारीका कोषाध्यक्ष हिरा कुमारी दाहालद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी फलफूल तरकारी विशिष्टकृत संघमा ४ लाख, प्रदेश १ उपभोक्ता थोक विशिष्टिकृत संघमा ३ लाख जम्मा रहेको र आवश्यक परेमा खरिद गर्न ५ लाख विनियोजनका लागि प्रस्ताव गरेको पनि जनाईएको छ ।
शेयर सदस्यहरुका लागि तालिम गोष्ठि, सेमिनार आयोजनाका साथै सहभागिता जनाएको छ । बहुउदेश्यीय सहकारी भएका कारण कृषि, अर्गानिक तरकारी खेति तथा पशुपालन, स्टेशनरी तथा पुस्तकहरुको व्यवसाय लगायत अन्य व्यवसाय संञ्चालनको लागि १५ लाख सम्म लगानी गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाले सदस्यहरुका लागि क्षमता अभिवृद्धि, आर्थिक विकास, सहकारी शिक्षा तालिम, सहकारीमा सदस्य बढाउने निति, सम्मान लगायतका कार्यक्रमहरु आगामि दिनहरुमा पनि निरन्तर गरिरहने प्रतिवेदन जनाईएको छ ।
बार्षिक साधारण सभाको अवसरमा भर्खरै प्रदेश १ को सामाजिक विकास मन्त्री भएका सहकारीका संस्थापक सदस्य जयराम यादवलाई सम्मान गरिएको थियो भने सहकारीका अग्रज अभियान्ता रामचन्द्र गौतमलाई पनि सम्मान गरिएको थियो ।
त्यसैगरी सहकारीमा नियमित बचत गर्ने उत्कृष्ठ बचत कर्ता र उत्कृष्ठ ऋणीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा अर्जुन कार्की, सिता कार्की, ममता यादव, अविशेक यादव, मुकेश झा, रोहितजंग कार्की र कमलकिशोर साह रहेका छन् ।
बार्षिक साधारण सभामा बोल्दै प्रदेश १ का सााजिक विकास मन्त्री जयराम यादवले सहकारी विपन्न बर्गका लागि साहारा बनेको बताए । ‘५/१० रुपैया बचत गरेर पनि एक मुष्ट झिक्न सकिने र विना झन्झट ऋण लिएर व्यापार व्यवसाय गर्न सकिन्छ’, उनले भने, ‘सहकारीको जति बयान गरेपनि सकिन्न ।
अहिले सरकारले सहकारीलाई तीन खम्बे अर्थनिति मध्यको एक खम्बा मानेकाले सहकारीले आर्थिक विकासमा टेवा पुर्याएको उनको भनाई छ ।
साधारण सभामा सहकारी अभियान्ता, सहकारी संघ संस्थाका प्रतिनिधि, राजनितिक व्यक्तित्वहरु लगायत शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
Leave a comment