काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको तेश्रो सेवा केन्द्र ललितपुरको लुभुमा सञ्चालनमा आएको छ । केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौं रहेको सहकारीको सेवा केन्द्र कुमारीपाटी ललितपुर गोठाटार काठमाण्डौमा पनि रहेको छ ।
महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले सेवा केन्द्र कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाई, महालक्ष्मी नगरपालिका वडा नं. ८ का अध्यक्ष विश्वराज श्रेष्ठ, महालक्ष्मी नगरपालिका वडा नं. ९ का अध्यक्ष वासुदेव शर्मा गौतम लगायत बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष नवराज कार्कीले संस्थाका उपलब्धि तथा लक्ष्यबारे प्रस्तुति गरेका थिए । संस्थामा ३ हजार ४ सय ६७ सदस्य र सेयर पुँजी १० करोड ४७ लाख, संस्थागत पुँजी ११ करोड १ लाख १७ रहेको छ । कुल सम्पत्ति (कारोवार) १ अर्व ६० करोड रहेको अध्यक्ष कार्कीले जनाए ।
Leave a comment