पञ्चशील सहकारीद्धारा सत्प्रयास नेपाललाई सहयोग

पञ्चशील सहकारीद्धारा सत्प्रयास नेपाललाई सहयोग :: Sahakari Akhabar

ललितपुर । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य सेवा केन्द्र सूर्यविनायक भक्तपुरको संयोजनमा स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । संस्थाले भक्तपुर आदर्श भेलुखेल स्थित शारीरिक अशक्तता भएका बालबालिकाहरुको हेरचाह गर्दै आईरहेको सत्प्रयास नेपाल संस्थालाई आधुनिक फिजियोथेरापी मेसिन,खाद्यान्न र लगायत स्वास्थ्य सामाग्रि प्रदान गरेको छ ।

संस्थाका कार्यकारी प्रमुख राजु खतिवडाले सत्प्रयास नेपालका प्रमुख रजनी केसी मानन्धरलाई सामाग्रि हस्तान्तरण गरेका थिए । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अपाङगता भएका व्यक्तिको हेरचाहमा महत्वपुर्ण योगदान दिएको संस्थालाई स्वाथ्य सामाग्री हस्तान्तरण गरिएको सहकारी संस्थाका अध्यक्ष अशोक बज्राचार्यले बताए ।

हस्तान्तरण कार्यक्रमको बारेमा जानकारी गराउदै सचिव घनश्याम धमलाले संस्थाले यस्तो कार्यक्रमलाई निरन्तरात दिदै जाने बताए । कार्यक्रममा कोषाध्यक्ष राम प्रसाद गिरी लगायतका पदाधिकारी र सदस्य सुविधा केन्द्र सूर्यविनायकका कर्मचारीहरुको सहभागिता रहेका थिए ।



Leave a comment