काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले विद्यावारिधी उपाधी प्राप्त गरेका छन् ।
उनले बैंक र बचत तथा ऋण सहकारीहरुमा मानव श्रोत व्यवस्थापनको तुलनात्मक अध्ययन सोधपत्रसहित अमेरिकाबाट विद्यावारिधी उपाधी प्राप्त गरेका हुन् ।
उनले ३ दशमलव ९६ जिपिए प्राप्त गरेका छन् । काभ्रेको पनौती स्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबाट सहकारी क्षेत्रमा प्रवेश गरेका सापकोटा सहकारी क्षेत्रमा लागेको २३ वर्ष नाघिसकेको छ ।
२०५५ सालदेखि सहकारीमा प्रवेश गरेका सापकोटा २०६३ साल भदौ १ गतेदेखि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)मा प्रवेश गरेका थिए।
Leave a comment