काठमाडौं । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सभामा आख्यान पुरुष ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहाल, नेपाल बचत तथा ऋण केन्द्रीय संघ नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी महासंघका सञ्चालक र राजेन्द्र पौडेल, टेकप्रसाद चौलागाईंकाे उपस्थिति रहेको थियो।
त्यसैगरी काठमाडौ बचत तथा ऋण सहकारी संघ कास्कुनका कोषाध्यक्ष निरञ्जन सेढाईं, आख्यानकार ध्रुव सापकोटा, वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा लगायतको सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष देवराज शर्माले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा सेयर सदस्यहरुलाई पाँच प्रतिशत लाभांश बितरण गर्निे प्रस्ताव पारित गरेको र सभामा एसइइमा उत्कृष्ट अंक ल्याउने संस्थाका सदस्यका सन्ततीहरुलाई शैक्षिक पुरस्कार एवं प्रशंशा पत्र दिइएको थियो ।
उक्त साधारणसभाले विपिन शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसैगरी संस्थाको उपाध्यक्षमा रोशन थापा, सचिव अनिल खनाल, कोषाध्यक्षमा कृष्णप्रसाद भट्टराई निर्वाचित भएका छन् ।
त्यसैगरी सानुराजा शिल्पकार, नवीन पोख्रेल, सीता दाहाल पौडेल, विनु सुवेदी, गिता सिलवाल पन्त संचालकमा निर्वाचित भएका छन् ।
त्यसैगरी कृष्णप्रसाद आचार्यको संयोजकत्वमा गिता बराल, यादवकुमार भट्टराई सदस्य रहेको लेखासुपरीवेक्षण समिति गठन भएको थियो । शिक्षा उपसमितिमा कमलराज अधिकारी र रीता परियार, ऋण उपसमितिमा अनुजा न्यौपाने र शेषराज आचार्य सदस्यमा चयन भएका छन् ।
साधारणसभाले उपलब्धि पत्रकारिता पुरस्कारबाट पत्रकार अर्जुनबाबू दाहाल सम्मानीत भएका छन् । त्यसैगरी उत्कृष्ट कर्मचारीका रूपमा अशोक अधिकारी, कमला दाहाल सम्मानित भएका छन् । त्यसैगरी साहित्य सेवा सम्मानबाट लक्ष्मी उप्रेती सम्मानित भएकी छन् ।
साधारण सभाको अवसरमा वरिष्ठ आख्यानकार डा. ध्र्रुवचन्द्र गौतमद्वारा स्थापित एवं संरक्षित दीपगोविन्द स्मृति सम्मानबाट डा. ज्ञानू पाण्डे, ध.च.गोतामे स्मृति सम्मानबाट अनुपमा रेग्मी, गोपाल गोतामे स्मृति सम्मानबाट अनिता विन्दु र ध.च. गोतामे र गोपाल गोतामे शिक्षा पुरस्कारबाट जनकप्रसाद राजभण्डारीलाई पुरस्कृत गरिएको थियो ।
Leave a comment