साकार कृषि सहकारीले अर्गानिक मार्ट सञ्चालन गर्ने

साकार कृषि सहकारीले अर्गानिक मार्ट सञ्चालन गर्ने :: Sahakari Akhabar

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाँउपालिका–६ को साकार कृषि सहकारी संस्था लिमिटेडले अर्गानिक तरकारी मार्ट सञ्चालन गर्ने तयारी गरेको छ । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा मार्ट सञ्चालन गर्ने तयारी गरेको हो । 

सहकारीका मुख्य व्यवस्थापक जमानसिंह वलीले किसानले गाउँगाउँमा उत्पादन गरेको विषादीरहित तरकारी बिक्रीका लागि ‘तरकारी मार्ट’ सञ्चालन गर्न लागिएको बताए । 

किसानकोे उत्पादनलाई बजारीकरण गरी भारतीय बजार विस्थापित गर्ने योजना रहेको व्यवस्थापक वलीले बताए । 

सहकारीले पीसीसी (पब्लिक, प्राइभेट कोअपरेटिभ) मोडलमा किसानको कृषि उपजलाई बजारीकरण गर्ने भएको छ । राप्तीसोनारी नरैनापुर गाउँपालिका दुई सय किसानले ४० हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन गरिरहेका छन् ।

आलु, प्याज र लसुनको चक्लाबन्दी बनाएर किसानले उत्पादन गर्छन् । मार्टका लागि मौसमी÷बेमौसमी तरकारी उत्पादन हुन्छ ।

सहकारीको १०औँ साधारणसभाका अवसरमा अध्यक्ष मनोजकुमार मौर्यले तरकारी मार्ट खोल्न बताए । 

सहकारीले गत आर्थिक वर्षमा ३ सय क्वीन्टल आलु उत्पादन गरेर शीत भण्डारमा राखेको छ । ४० क्वीन्टल मसुरोको बिउ, एक हजार ८५ क्वीन्टल गहुँको बिउ, एक हजार ७ सय क्वीन्टल धानको बिउ उत्पादन गरेको थियो । 



Leave a comment