जनधन साकोसको साधारण सभामा सदस्यलाई सम्मान

जनधन साकोसको साधारण सभामा सदस्यलाई सम्मान :: Sahakari Akhabar

काठमाण्डौ । जनधन बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र राष्ट्रिय सहकारी बैंक लि.,कालिमाटी शाखा प्रमुख दिव्य के.सी.लाई सम्मान गरिएको थियो ।

त्यसैगरी संस्थाले पार्वती लामालाई एकल महिला सम्मान, केदार प्रसाद उप्रेती जेष्ठ सदस्य सम्मान गरिएको छ । साधारण सभाको अवसरमा प्रसुना बस्नेत उत्कृष्ट बालबचत सदस्य सम्मान तथा अम्बिका पन्त कोईराला लाई उत्कृष्ट बचत सदस्य र उत्कृष्ट ऋणी सदस्य सम्मानमा बद्री प्रसाद दाहाल सम्मानीत भएका छन् । 

सभामा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथिका रुपमा पशुपति बिकास कोषका उप निर्देशक रेवतीरमण अधिकारी, तरकारी फलफूल साकोसका अध्यक्ष उज्वल कार्की, समाजसेवी अमर बहादुर श्रेष्ठ, समुन्नत नेपालका अध्यक्ष बावुराम आचार्य रहेका थिए ।

त्यसैगरी,नेफ्स्कूनका तालिम अधिकृत सुमन राज घिमिरे, राष्ट्रिय सहकारी बैंक कालिमाटी शाखा प्रमुख दिव्य के.सी, कास्कून कलंकी शाखा प्रमुख सबिना न्यौपाने, मधुबन प्रकाशपुर सरोकार समाजका नि.अध्यक्ष खड्ग बहादुर राउत लगाएतको उपस्थिति थियो । 



Leave a comment