हाइलाइट

जुम्लाको ‘रैथाने’ उत्पादनको संरक्षण गर्दै चन्दननाथ सहकारी

जुम्लाको ‘रैथाने’ उत्पादनको संरक्षण गर्दै चन्दननाथ सहकारी :: Sahakari Akhabar

जुम्ला । बचत तथा ऋण लगनाीको क्षेत्रमा काम गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्थाले जुम्लामा अर्गानिक मिनिमार्केट  खोलेको छ ।  वित्तिय कारोबारमा कर्णालीकै अब्बल बन्दै  गएको  यस सहकारीले जुम्लाको ‘रैथाने’ बालीको उत्पादनलाई बढवा दिनका लागि चन्दननाथ अर्गानिक मिनीमार्केट खोलेको हो । 

जुम्लामा उत्पादन हुने अर्गानिक अन्नबाली स्याउ, सिमी, आलु, मकै, कोदो, फापर, मार्सी धान, ओखर ,टिमुर चिनो, कागुनो, स्याउ, घिउ, महलगायतका रैथाने बस्तुको  उत्पादन बढाउने उद्देश्यले  अर्गानिक मिनी मार्केट खोलेको सहकारीका  कार्यकारी व्यवस्थापक  ऋषिराम पाण्डेले बताए ।

‘यसवर्ष असोजमा भएको अविरल वर्षले मार्सी उत्पादनमा  क्षति भएको छ । मार्सी पछिको  पछिको प्रमुख नगदेबालीका रूपमा सिमी हो’, उनले भने, ‘सिजनमै  कालो सिमी प्रतिकेजी १८० रुपैया छ । रातो सिमी १६०, सिस्कट सिमी १६० रुपैयामा बिक्री गर्ने गरेको छ । मार्सी धानको चामल प्रतिकेजी १६० रुपैयाँ बिक्री गरिएको छ ।’ 

यस वर्ष  यस सहकारीले ५० लाख बराबरको मार्सी धान र सिमी खरिद गर्ने भएको छ । ३० हजार ओखर खरिद  गरिएको छ । उनले भने चन्दनाथ सहकारीले संञ्चालन गरेको अर्गानिक मनि मार्केट सुपथ पसलबाट दैनिक एक लाख बराबारको अगार्निक बस्तु बिक्रि हुने गरेको छ ।

सहकारीले जुम्लामा उत्पादन हुने रैथाने बस्तु गाउगाउँमा रहेका आफ्ना सदस्यहरूबाट संकलन गर्ने गरेको छ । अर्गानिक उत्पादन गर्ने किसानको लागि सहकारीले ब्याज नलिई २० हजार बरबार अनुदान दिने गरेको छ । किसानले अर्गानिक उत्पादन गरेर २० हजार बराबरको  बस्तु दिने गरेका छन् ।



Leave a comment