हाइलाइट

शिखर साकोसको आफ्नै भवनबाट सेवा सुरु

शिखर साकोसको आफ्नै भवनबाट सेवा सुरु :: Sahakari Akhabar

झापा । शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट सेवा दिन थालेको छ । स्थापनाको १० वर्ष पूरा गरेको संस्थाले कात्तिक १८ गतेदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो । नयाँ भवन उद्धघाटनसंगै संस्थाले नेपालमा नै पहिलो पटक सहकारीमा लकर सुविधा ल्याएको छ । ६० वटा लकरबाट सेवा प्रारम्भ गरिएको संस्थाले जनाएको छ ।

प्रदेश सहकारी रजिष्ट्रार बलराम निरौलाले संस्थाको भवन उद्घाटन गरेका हुन् । साढे तीन तलाको भवन २ करोड १८ लाख ४० हजार रुपैयाँमा खरिद गरेर संस्थाले त्यसको पुनःसंरचना पछि उद्घाटन गरिएको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए । अध्यक्ष राउतले स्थानीय युवाबाट संचालित शिखर साकोस सुरुवातबाटै बिर्तामोड क्षेत्रमा अलग पहिचानका साथ स्थापित भएको बताए ।

संस्थामा २०७८ असोज मसान्तसम्म ७ हजार ८४६ जना शेयर सदस्य, शेयर पुँजी ५ करोड ४५ लाख ६९ हजार ५०० रुपैयाँ र निक्षेपमा ६९ करोड ५५ लाख २० हजार ५२७ रुपैयाँ रहेको जनाइएको छ ।

संस्थाले ६८ करोड ९७ लाख ३६ हजार ३०७ रुपैयाँ कर्जा लगानी गरेको छ भने कोषमा ४ करोड ९ लाख ३८ हजार ६६८ रुपैयाँ रहेको अध्यक्ष राउतले जानकारी दिए । २०७८ असार मसान्तमा संस्थाको नाफा १ करोड ४२ लाख ३३ हजार १०९ रुपैयाँ रहेको छ ।

‘प्रविधिमा हामी एक कदम अगाडी’ भन्ने नारालाई सार्थक बनाउँदै शिखर साकोसले सदस्यहरुलाई मोवाईल बैकिङ्गमा प्रोत्साहन गर्न लक्ष्मी पूजाको दिनबाट बैक ट्रान्सफरमा लाग्ने शुल्क निशुल्क गरिएको अध्यक्ष राउतले जानकारी दिए । शिखर एम बैकबाट प्रति कारोबार १ लाखसम्म गर्न सकिने र दैनिक २ लाखसम्म मोवाईलबाट रकम बैंकमा ट्रान्सफर गर्न सकिने उनले जनाए । 



Leave a comment