दोलखा । जिरी नगरपालिका ५ स्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा विभिन्न विधामागरी १३०जना सदस्यलाई सम्मान गरिएको छ ।
कार्तिक ६ गतेदेखि सुरू भएको संस्थाको सातौं वार्षिक साधारणसभा विभिन्न कार्यक्रमका साथ विहिबार सम्पन्न भएको हो । संस्थाका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा भएको साधारणसभामा सचिव केदार बहादुर जिरेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
त्यसैगरी संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले संस्थाको १ अर्ब १० करोड २३ लाख ९० हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाको अवसरमा संस्थाका असल ऋणी, नियमित मासिक बचत कर्ता १ सय २० जना, अधिकतम शेयर खरिद कर्ता १० जनालाई पुरस्कृत गरिएको थियो । सभाको उद्घघाटन जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकीले गरेकी थिइन् ।
मुख्य कार्यालय सहित १२ वटा सेवा केन्द्रबाट सेवा सञ्चालन गरिरहेको संस्थाले आगामी बर्ष काठमाडौको कोटेश्वर, रामेछापको मन्थली र भुजीमा सेवाकेन्द्र विस्तार गर्ने योजना रहेको बताएको छ ।
संस्थाले जेष्ठ नागरिकहरूलाई बृद्व भत्ता, सुत्केरी स्याहार, सदस्यहरूको बिमा, मोवाइल बैकिंङ सेवा, इन्टरनेट बैकिंङ, मिस्डकल बैकिंङ, लगायतका कार्यक्रम गर्दै आएको जनाइएको छ ।
२०४८ सालमा स्थापना भएको फ्रेण्डसिप सहकारी संस्थाले २०७१ सालमा एकै पटक नौ वटा संस्था एकीकरण गरेको थियो ।संस्थाले हाल सम्म १४ वटा सहकारी संस्थासँग एकीकरण गरिसकेको छ ।
आगामि दिनमा पनि अन्य सहकारीहरूसँग एकीकरण गर्दै आफ्नो सेवालाई थप सहज र सरल बनाउने लक्ष्य लिएको संस्थाका अध्यक्ष खड्काले बताए ।
आव ०७७/०७८मा संस्थाले १ करोड २७ लाख ५ हजर १ सय ८२ रुपैया खुद मुनाफा आर्जन गर्न सफल भएको संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले जानकारी दिए ।
Leave a comment