हाइलाइट

स्थानीय तहका कर्मचारीलाई सहकारी तालिम

स्थानीय तहका कर्मचारीलाई सहकारी तालिम :: Sahakari Akhabar

मोरङ । प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयको आयोजनामा २५ वटा पालिकाका कर्मचारीहरुलाई ६ दिने लेखापालन सम्बन्धी तालिम दिइएको छ । कात्तिक १० देखि सुरु भएको तालिम कात्तिक १५ गते आइतबार समापन भएको हो ।

तालिममा स्थानीय तहमा सहकारी शाखामा कार्यरत कर्मचारीहरु सहभागी भएका थिए । कृषि विकास बैंक पूर्वाञ्चल क्षेत्रीय तालिम केन्द्र लेटाङमा सञ्चालित आवासीय तालिममा सुनसरी, मोरङ र झापाका २५ वटा पालिकाका १६ पुरुष र १० महिलागरी २६ जनाको सहभागिता रहेको तालिम संयोजक मनोज कार्कीले जानकारी दिए ।

प्रदेश सहकारी रजिष्ट्रार बलराम निरौलाले स्थानीय तहको सहकारी शाखामा कार्यरत कर्मचारीहरुलाई सहकारी संस्थाको अनुगमन तथा नियमनका लागि सवलीकरण गर्न तालिम आयोजना गरिएको जानकारी दिए । पहिलो चरणमा २५ वटा पालिकाको सहभागितामा तालिम सञ्चालन गरिएको जनाउँदै रजिष्ट्रार निरौलाले यसको प्रतिफल हेरेर अन्य तालिमबारे निर्णय लिइने पनि बताए ।



Leave a comment