हाइलाइट

अभिवादन सहकारीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

अभिवादन सहकारीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

ललितपुर । अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किशोर महर्जनको सभापतित्व एवं ललितपुर जिल्ला बहुउद्देश्यीय संघका अध्यक्ष शरद महर्जनको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । 

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि महर्जनले छोटो अवधिमा अभिवादन सहकारीले हासिल गरेको उपलब्धीको प्रशंशा गर्दै संस्थाको उद्देश्य अनुरुप बहुउद्देश्यीय परियोजनामाहरुमा लगानी बढाउन सुझाव दिए । 

सभामा वार्षिक प्रतिवेदन र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष किशोर महर्जनले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ६, सिद्धिपुरमा ७७ जना सदस्य मिलि १९ लाख २५ हजार रुपैयाँ शेयरपुँजी जम्मा गरी शुरु भएको संस्थामा आ.व. २०७७।०७८ को अन्त्यसम्म आइपुग्दा १३६३ सदस्य र २ करोड ३७ लाख ५० हजार शेयरपुँजी संकलन भइसकेको जानकारी दिए । 

सदस्यहरुको विश्वास र सक्रियताले गर्दा संस्था स्थापना भएको ५ वर्षकै अवधिमा उल्लेख्य वृद्धि गर्न सकेको उनले जनाए । उनले सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवाहरु प्रदान गरी व्यवसायिकताको माध्यमबाट आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा योगदान पुर्याउन संस्था सदैव क्रियाशील रहेको अध्यक्ष महर्जनको भनाई थियो । 

सभामा संस्थाको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष सुदन महर्जनले आर्थिक वर्ष २०७७।०७८ को अन्त्यसम्ममा संस्थाको शेयरपुँजी २ करोड ३७ लाख ५० हजार पुगेको, जगेडा तथा अन्य कोषमा गरुी ८५ लाख १२ हजार रहेको, बचत संकलन २० करोड ३० लाख १९ हजार, ऋण लगानी २३ करोड ५१ लाख ४४ हजार पुगेको जानकारी दिए ।

संस्थाको कुल कारोबार ३४ करोड ४२ लाख ६९ हजार रहेको छ ।  सो अवधिमा संस्थाले २४ लाख ७२ हजार खुद बचत गर्न सफल भएको छ । संस्थाले राष्ट्रिय सहकारी बैंक र बहुउद्देश्यीय सहकारी संघबाट गरी बाह्य ऋण ८ करोड ८८ लाख ३६ हजार लिएको उनले जानकारी दिए । 

सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक कविता महर्जनले अघिल्लो साधारणसभामा अध्यक्षद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम एवं कोषाध्यक्षद्वारा प्रस्तुत कार्यक्रम तथा बजेट अधिकांश कार्यान्वयन भएको जनाइन् ।

उनले संस्थामा रहेका जिन्सि सामान नामाङ्कन गरी व्यवस्थापन गर्नुपर्ने, संस्थाको रणनीतिक व्यवसायिक योजनाको त्रैमासिक समीक्षा गरी कार्यसम्पादन गर्नुपर्ने तथा सञ्चालक समिति एवं अन्य समितिहरुलाई नेतृत्व विकास, प्रस्तुतिकरण सीप सम्बन्धी थप तालिम दिनुपर्ने सुझाव दिइन् । 

सभामा उपाध्यक्ष राज महर्जनले स्वागत मन्तब्य राखेका थिए भने सचिव महेन्द्र कुमार महर्जनले सभा सञ्चालन गरेका थिए । सभाले रिक्त रहेको सञ्चालक पदका लागि एक पुरक निर्वाचन समिति गठन गरी बाँकी अवधिका लागि रशिल महर्जन र अष्टराज महर्जनलाई निर्विरोध निर्वाचित गरेको छ । सभामा विभिन्न विधामा उत्कृष्टहरुलाई सम्मान तथा पुरस्कार समेत वितरण गरिएको थियो । 

संस्थाले सिद्धिपुर स्थिति मुख्य कार्यालय र गोदावरी नगरपालिका ठैवमा सेवाकेन्द्र स्थापना गरी कार्यालयर कार्यकक्षहरु व्यवस्थित बनाएको छ । संस्थाको आफ्नै भवन निवर्माण गर्नको लागि सिद्धिपुरमा ६ आना १ पैसाको जग्गा समेत खरिद गरिसकेको छ।

अन्तर सहकारी सम्बन्ध विकास गर्ने उद्देश्यले संस्थाले अन्य १० वटा विविध प्रकृतिका संस्थासँग सहकार्य गर्दै आएको छ । संस्थाले सदस्यहरुलाई विभिन्न कम्पनीसँग सहकार्य गरी रेमिट्यान्स सेवा समेत दिँदै आएको छ ।




Leave a comment