हाइलाइट

हाम्रो एकीकृत साकोसको आठौ सेवा केन्द्र भक्तपुरमा

हाम्रो एकीकृत साकोसको आठौ सेवा केन्द्र भक्तपुरमा :: Sahakari Akhabar

काठमाण्डौं । हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाको आठौ सेवा केन्द्र भक्तपुरमा उद्धघाटन भएको छ । राष्ट्रिय सहकारी महासंघका संचालक टेक प्रसाद चौलागाइले उक्त सेवाकेन्द्रको उद्घाटन गरेका थिए ।  

संस्थाका अध्यक्ष परितोष पौड्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले सदस्यहरुका सम्पूर्ण वित्तीय समाधान सहित समुदायको नमुना सहकारी बनाउने योजनाका साथ सदस्य सेवा विस्तारमा लागेको बताए ।  

संस्थाका उपाध्यक्ष रामहादुर कट्वालले संस्थाको विगत र भावि रणनितिका बारेमा प्रकास पारेका थिए । कोषाध्यक्ष शरद वाग्लेले संस्थाको सेवा केन्द्रबाट सदस्यहरुले सहज र ढुक्कसँग कारोबार गर्न आग्रह गरे ।

उनले सहकारी विभिन्न प्रकृतिका रहेको हुनाले सदस्यले सहकारी पहिचान गरेर कारोबार गर्नु पर्ने बताए । उनले दीर्घकालिन सेवा तथा सुविधा लिएर आएको हुनाले संस्थाले सम्पूर्ण वित्तीय सेवा प्रदान गर्नेे जानकारी गराए ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का निवर्तमान कार्यकारी उपाध्यक्ष माधव ढुंगेल,जिल्ला सहकारी संघ काठमाडौका उपाध्यक्ष खेमराज सुबेदी, सुर्यविनायक नगरपालीका वडा न २ का वडा अध्यक्ष कमलनाथ आचार्यले शुभकामना मन्तव्य राखेका थिए ।



Leave a comment