दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभा समापन गरेको छ । संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारणसभा समापन कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बि.उप्रेतीको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई लगायतले शुभकामना मन्तब्य राखेका थिए । संस्थाले २०७८ साल कार्तिक १ गते सोमबार बाट जिल्लाका स्थानिय एफ.एम. र संस्थाको फेसबुक पेज बाट आ.ब. २०७७/०७८ को बार्षिक प्रगति प्रतिवेदन बाचन गर्दै संस्थाको २८ औं बार्षिक साधारणसभाको सुरुवात गरेको थियो ।
संस्थाले आफ्नो कार्यक्षेत्रलाई दुई एकाईमा बिभाजन गरी एकाईगत साधारणसभा अन्तर्गत २०७८ साल कार्तिक ४ गते पहिलो एकाईको र २०७८ साल कार्तिक ६ गते दोस्रो एकाईको बार्षिक साधारणसभा गरेको थियो । उक्त एकाईहरुबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु संलग्न साधारणसभा समापन सभामा साधारणसभाको निर्णय पुस्तिका प्रमाणित गरीएको छ ।
कार्यक्रममा संस्थाको स्थापना दिवसको अवसरमा घोषणा गरीएको सम्मान तथा प्रशंसा पत्र बितरण गरीएको थियो । संस्थाले पुर्व सञ्चालक, पुर्व लेखासुपरीवेक्षण समिति, योगदानकर्ता, पत्रकार, एफ.एम. रेडियोलाई सम्मान गरेको छ ।
त्यसैगरी उत्कृष्ट बाल बचतकर्ता, बर्ष उत्कृष्ट कारोवार, उत्कृष्ट दैनिक तथा मासिक बचतकर्ता, बढी शेयर खदिरकर्ता, उद्यमी (महिला, पुरुष), जेष्ठ शेयर सदस्य (महिला, पुरुष), शारिरिक अशक्तलगायतलाई सम्मान गरेको थियो ।
संस्थाले आठ ओटा सेवाकेन्द्रमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य, दैनिक तथा मासिक नियमित ऋण, पुर्व कर्मचारी सम्मान लगायत बर्ष उत्कृष्ट कर्मचारी, सेवाकेन्द्र उत्कृष्ट कर्मचारी र उत्कृष्ट सेवाकेन्द्र लाई प्रशंसा पत्र बितरण गरेको थियो ।
संस्थाले आ.ब. २०७७/०७८ मा संस्थामा भएको सदस्य सेवाको लागि ब्यवसायिक मानव संशाधन, सदस्य राहत कार्यक्रम, जेष्ठ शेयर सदस्य भत्ता कार्यक्रम, प्रविधि तथा मुस्कान सहितको वित्तिय सेवा प्रवाहमा ध्यान दिएको संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताए ।
उनले सबै सहकारी संस्थाले अनुसरण गर्नु पर्ने नेतृत्व पुर्व तालीम कार्यक्रम, शेयर सदस्य बिमा कार्यक्रम, स्वास्थ्य शिविर कार्यक्रम, सुत्केरी सहयोग कार्यक्रम, सियुलेग कार्यक्रम लाई महत्वपुर्ण कार्यक्रमको रुपमा लिएको अध्यक्ष श्रेष्ठले बताए ।
संस्थाको आर्थिक बर्ष २०७७/०७८ सम्ममा कुल शेयर सदस्य २२ हजार ८८२ कुल बाल बचतकर्ता ८ हजार ८०४ गरी जम्मा ३१ हजार ६८६ जना बचतकर्ताहरु रहेको जनाइएको छ ।
संस्थाले आर्थिक बर्ष २०७७÷०७८ मा संस्थाको कुल पूँजी १ अर्व २१ करोड ९७ लाख १९ हजार ६२४ रुपैयाँ सभामा जानकारी दिइयो ।
Leave a comment