हाइलाइट

चमेली कल्याणकारी साकोसको २०औं स्थापना दिवस सम्पन्न

चमेली कल्याणकारी साकोसको २०औं स्थापना दिवस सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २०औं स्थापना दिवस सम्पन्न भएको छ । कार्यक्रममा संस्थाले संचालन गरेको हाजिरिजवाफ प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुने नावालक सदस्यहरूलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

कार्तिक १३ गते संस्थाका अध्यक्ष चन्द्रराज खड्काको सभापतित्वमा सम्पन्न स्थापना दिवस कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) की संचालक मन्धरा मिश्रले शुभकामना मन्तब्य राखेकी थिइन् ।

शिक्षा, तालिम तथा सूचना उप समितिका संयोजक दिपक कुमार न्यौपानेले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष शालिकराम घिमिरेले संस्थाको हालसम्मको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । 






































Leave a comment