काठमाण्डौं । स्वयम्भुमा मुख्य कार्यालय रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाको सातौ सेवा केन्द्र ललितपुरमा उद्धघाटन भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले आज एक समारोहकाबीच सेवा केन्द्रको उद्धघाटन गरेका हुन् ।
उद्धघाटनका क्रममा अध्यक्ष पौड्यालले संस्थाले सदस्यमुखी सेवा प्रदान गर्ने बताए । उनले संस्थामार्फत सदस्यहरुलाई सम्पूर्ण वित्तीय समाधान गर्ने सोच बनाएको जानकारी गराए । समुदायमा आधारित नमुना संस्था बनाउने योजना रहेको र सदस्य तथा समुदायको चाहना बाहिर गएर संस्था संचालन गर्न नहुने बताए ।
संस्थाका कोषाध्यक्ष शरद वाग्लेले संस्थाको सेवा केन्द्रबाट सदस्यहरुले सहज र ढुक्कसंग कारोबार गर्न आग्रह गरे । उनले सहकारी विभिन्न प्रकृतिका रहेको हुनाले सदस्यले सहकारी पहिचान गरेर कारोबार गर्नु पर्ने बताए । दीर्घकालिन सेवा तथा सुविधा लिएर आएको हुनाले संस्थाले सम्पूर्ण वित्तिय सेवा प्रदान गर्ने उनको भनाइ थियो ।
संस्थाले ४ वर्ष अघि ५ वटा बचत तथा ऋण सहकारी संस्थाहरु एकिकरण गरी पाँच स्थानबाट सेवा प्रवाह गरेको बताए । त्यसैगरी संस्थाले गत वर्ष उपत्यकाभर कार्यक्षेत्र रहेको कृषि सहकारीलाई एकिकरण गरी कीर्तिपुर, भक्तपुर तथा ललितपुरमा सेवाकेन्द्र थप गरिएको जनाए ।
संस्थाले भक्तपुर सेवाकेन्द्रको पनि १३ गते शनिबारसम्म उद्धघाटन गरी सेवा दिने तयारी रहेको जानकारी दिए । कोषाध्यक्ष वाग्लेले संस्थाको कारोबार बृहत् बनाउँदै ८ हजार सदस्यलाई सेवा प्रवाह गरेको उल्लेख गरे । यो वर्ष संस्थाको कारोबार ६६ कारेडको पुर्याउने लक्ष्य लिएको बताए ।
संस्थाले सदस्यहरुलाई वित्तीय शिक्षाका साथै कीर्तिपुर सेवाकेन्द्रमार्फत लघुवित्त कार्यक्रम सञ्चालन गरी सदस्यलाई उद्यमशिलता विकासमा जोड्ने बताए । यसै विच संस्थाको सदस्य सेवा केन्द्र ललितपुरमा सबै भन्दा पहिलो सदस्य मिना देवी पहिलो बचत कर्ता सदस्य हिउकला कुवर र सर्वाधीक शेयर खरिद गर्ने सदस्य सावीत्रा पुलामी मगरलाई सम्मानीत गरिएको थियो ।
सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य लक्ष्मी पोखे्रलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ललितपुर महानगरपालिका वडा १९ का अध्यक्ष बिनोद ताम्राकारलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र साउदले सहजीकरण गरेका थिए ।
Leave a comment