धादिङ । रामकोट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान तथा सदस्य सम्मान गर्दै स्थापना दिवस मनाएको हो । रामकोट बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा साघुँटार समाज सुधार समिति र विन्दुकेशर टोल विकास संस्थाको सह आयोजनामा भएको रक्तदान कार्यक्रममा २४ जना महिला र ४५ जना पुरुष गरी ६९ जनाले रक्तदान गरेका थिए । रक्तदानमा सहभागिहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।
संस्थाले स्थापना दिवसको अवसरमा असल बचतकर्ता, असल ऋणी सदस्य र असल बचतकर्ता समूहलाई सम्मान गरेको थियो । सम्मानित हुने असल बचत कर्ता सदस्यहरुमा गुनलक्ष्मी श्रेष्ठ, धुना लम्साल, हिरादेवी कुमाल, ओमकुमारी पौडेल र कृष्णबहादुर श्रेष्ठ रहनु भएकोे छ ।
त्यस्तै सम्मानित हुनुहुने असल ऋणी सदस्यहरुमा रिना श्रेष्ठ, कल्पना बि.क. जानुका सुवेदी, निरज श्रेष्ठ र सुचना तामाङ रहनुभएको छ । त्यसैगरी सिमालिघारी कृषक समूह र कंकाली बचत समूहलाई असल बचतकर्ता समूह सम्मानबाट सम्मानित गरिएको थियो ।
रामकोट सहकारी सस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाको प्रमुख आथित्यता रहेको थियो । साथै कार्यक्रममा निलकण्ठ नगरपालिका वडा नं ८ का वडाध्यक्ष गुणराज थपलिया, नगरपालिकाका सल्लाहकार दीपक कोइराला, रामकोट सहकारीका पूर्वअध्यक्ष हेमराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश समतिका सदस्य काजी श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।
Leave a comment