हाइलाइट

सहकारीमा अध्यक्षको हालीमुहाली : डेढ करोड अपचलन

सहकारीमा अध्यक्षको हालीमुहाली : डेढ करोड अपचलन :: Sahakari Akhabar

झापा । बिर्तामोडको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेवती खनालले एक करोड रकम हिनामिना गरेको पाइएको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा समेत रहेर काम गरेका खनालले एक करोड भन्दा बढी रकम हिनामिना गरेको पाइएको हो ।

उनले एकाघर परिवार र नाता सम्बन्धका व्यक्तिलाई ऋण लगानीको फर्जी कागज बनाएर बदमासी गरेको  उपाध्यक्ष टंक भेटवालले बताए । बैंकमा खनालको हस्ताक्षर अनिवार्य हुनेगरी संस्थाको नाममा उपाध्यक्ष टंक भेटवाल र क्यासियर गंगा सापकोटामध्ये एकको हस्ताक्षर चल्ने गरी खाता खोलिएको छ ।

खनालले खाली चेकमा सापकोटाबाट सही गराएर चेक आफै राख्ने गरेका थिए । गत भदौ २३ गतेदेखि सम्पर्कविहिन छन् । लेखा परीक्षण गर्दा १ करोड ५४ लाख ८२ हजार रुपैयाँ हिनामिना भएको पाइएको छ ।  संस्थाका पदाधिकारीले प्रहरीमा उजुरी गरिसकेका छन् । 

झापा जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक समेत रहेका खनालले कोरोना महामारीको समयमा संस्थाको बैठक बस्न नदिई मनोमानी गरेको सञ्चालकहरुको जीकिर छ । संस्थाले कोरोनामा तरलता अभाव भएपछि  जिल्ला सहकारी संघबाट एक करोड रुपैयाँ कर्जा लिएको थियो ।

सोही कर्जा रकमबाट चेक काट्दै भुक्तानी लिएर उनले चलाएको पाइएको छ । उपाध्यक्ष कटवालले अध्यक्ष एवम् कार्यकारी प्रमुख खनालले अपचलन गरेको रकम उनी स्वयम्बाट वा उनको परिवारबाट जायजेथा बेचेर भए पनि उठाउने दावी गरे । 



Leave a comment