भक्तपुर । छ्हारी बचत तथा ऋण सहकारी संस्थाले दशौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले कृष्णहरि खड्काको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामशरण प्रजापति, सचिवमा निरञ्जन राजथला, कोषाध्यक्षमा प्रवीण शंखदेव र सदस्यहरुमा सोम बहादुर पन्थ, पूर्णचन्द्र शर्मा र निर्मला पराजुली रहेका छन् । त्यसैगरी लेखा समिति संयोजकमा सम्राट खड्का र सदस्यहरुमा श्रीकृष्ण खड्का र अनित राउत चयन भएका छन् ।
संस्थाका अध्यक्ष कृष्णहरि खड्काको सभापतित्वमा सम्पन्न सभामा सुर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेब थापाको प्रमुख आतिथ्यता रहेको थियो । सभाको विशेष अतिथिमा वडा नं ७ का अध्यक्ष रबिन्द्र सापकोटा र अतिथिहरुमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सभामा संचालक समितिका सचिव रामशरण प्रजापतिले आब २०७७।७८ को बार्षिक प्रगति प्रतिवेदन र चालु आव नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष प्रबिन शंखदेबले आव २०७७।७८ को आय ब्यय तथा आब २०७८र७९ को अनुमानित आयव्यय प्रस्तुत गरेका थिए ।
संस्थाले गत असार मसान्तसम्म २ करोड ६४ लाख ८७ हजार, जगेडा तथा अन्य कोषमा ६० लाख ३४ हजार, बचत संकलन २८ करोड ७६ लाख ७४ हजार, ऋण लगानी २८ करोड ९५ लाख ४८ हजार गरी कुल कारोबार ३६ करोड १ लाख गरेको जानकारी उनले दिए । संस्थामा ४५५५ जना शेयर सदस्य आबद्ध रहेका छन् । संस्थाले आफ्नै भवनबाट सदस्यहरुलाई वित्तीय तथा अन्य सेवा प्रदान गर्दै आएको छ ।
Leave a comment