हाइलाइट

सदस्यलाई सीपमूलक तालिम दिदैँ पानस सहकारी

सदस्यलाई सीपमूलक तालिम दिदैँ पानस सहकारी :: Sahakari Akhabar

बनेपा । पानस बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई सीपमूलक तालिम दिने भएको छ । सदस्यलाई आर्थिक क्रियाकलापमा सामेल गराउन संस्थाले विभिन्न खालका सीपमूलक तालिम दिन थालेको हो । 

संस्थाको १३ औं वार्षिक साधारणसभाका अवसरमा संस्थाले चालु आवमा महिला सदस्यलाई आयमूलक तथा सीपमूलक तालिम दिने जनाएको हो । संस्थाले सेयर तथा बचत वृद्धि गर्न स्किम ल्याउने, सञ्चालक तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गर्ने जनााएको छ । 

अध्यक्ष सुशन राजवंशीले सहुलियत ऋणबाट सदस्यको आर्थिक सामाजिक रुपान्तरणमा सघाउ पुग्ने बताए । संस्थाका सचिव पुष्कर रञ्जितकारले प्रविधिमैत्री सेवामा जोड दिएको बताए । विप्रेषण सेवा, रिचार्ज एवं बिल भुक्तानी सेवा, मोबाइल डिजिटल सेवामा जोड दिइएको उनले बताए । 

संस्थाका कोषाध्यक्ष सुमन वैद्यले १ करोड ९७ हजार पुँजी संकलन गरेको बताए । संस्थाले ७ करोड ९२ लाख ९३ हजार बचत संकलन गरी  ६ करोड ३० लाख ऋण लगानी ऋण लगानी गरेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा ३५ लाख ५० हजार पुगेको छ । संस्थाले यस अवधिमा १३ लाख १९ हजार खुद मुनाफा आर्जन गरेको छ । संस्थामा २२१९ जना सदस्य आवद्ध रहेका छन् ।



Leave a comment