काठमाण्डौं । स्वयम्भुमा मुख्य कार्यालय रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाको कीर्तिपुरमा छैटौं सेवा केन्द्रको उद्धघाटन भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सेवाकेन्द्रको उद्धघाटन गरेका थिए ।
उद्धघाटनका क्रममा अध्यक्ष पौड्यालले संस्थाले ब्यक्ती प्रदान कार्य नगरी सदस्यमुखी सेवा प्रदान गर्ने जनाए । उनले संस्था मार्फत सदस्यहरुलाई सम्पूर्ण वित्तिय समाधान गर्ने सोच बनाएको बताए । समुदायमा आधारित नमुना संस्था बनाउने योजना रहेको र सदस्य तथा समुदायको चाहाना बाहिर गएर संस्था संचालन नहुने बताए ।
संस्थाका कोषाध्यक्ष शरद वाग्लेले संस्थाको सेवा केन्द्रबाट सदस्यहरुले सहज र ढुक्कसंग कारोबार गर्न आग्रह गरे । उनले सहकारी विभिन्न प्रकृतिका रहेको हुनाले सदस्यले सहकारी पहिचान गरेर कारोबार गर्नु पर्ने बताए । दिर्घकालिन सेवा तथा सुविधा लिएर आएको हुनाले संस्थाले सम्पूर्ण वित्तिय सेवा प्रदान गर्ने जनाए ।
संस्थाले ४ वर्ष अघि ५ वटा बचत तथा ऋण सहकारी संस्थाहरु एकिकरण गरी पाँच स्थानबाट सेवा प्रवाह गरेको जानकारी दिए । त्यसैगरी संस्थाले गत वर्ष उपत्यकाभर कार्यक्षेत्र रहेको कृषि सहकारीलाई एकिकरण गरी कीर्तिपुर, भक्तपुर तथा ललितपुरमा सेवाकेन्द्र थप गरिएको बताए ।
संस्थाले ललितपुर तथा भक्तपुर सेवाकेन्द्रको पनि १३ गते शनिबारसम्म उद्धघाटन गरी सेवा दिने तयारी रहेको जानकारी दिए । उनले संस्थाको कारोबार बृहत बनाउँदै ८ हजार सदस्यलाई सेवा प्रवाह गरेको बताए । यो वर्ष संस्थाको कारोबार ६६ कारेडको पुर्याउने लक्ष्य लिएको जनाए । संस्थाले सदस्यहरुलाई वित्तिय शिक्षाका साथै कीर्तिपुर सेवाकेन्द्रमार्फत लघुवित्ति कार्यक्रम गरी सदस्यलाई उद्यमशिलता विकासमा जोड्ने जनाए ।
सेवाकेन्द्र संयोजक अनिता पौड्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा ९ का अध्यक्ष गंगाराम महर्जनलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र साउदले सहजीकरण गरेका थिए ।
Leave a comment