खोटाङ । प्रदेश १ सहकारी रजिष्ट्रार कार्यालयले खोटाङको दिक्तेलमा अवस्थित लालुपाते बहुद्देश्यीय सहकारी संस्थाका सञ्चालकको सम्पत्ति रोक्का राख्ने निर्णय गरेको छ । सदस्यहरुले निक्षेप फिर्ता नपाएको गुनासो गरेपछि प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले सञ्चालकको सम्पत्ति रोक्का गरेको जनाएको छ ।
संस्थाको रकम हिनामिनासँग सम्बन्धित व्यक्तिहरुको अचल सम्पत्ति रोक्का गर्ने, हालसम्मको सम्पत्ति र दायित्वको लेखापरीक्षण गराउने, साधारणसभा बोलाइ ऋण लगानी सहित पाउनुपर्ने रकम असुलीको कार्य सुरु गरिएको प्रदेश कार्यालयले जनाएको छ ।
सदस्यको बचत फिर्ता गर्ने लगायतका निर्णय गराउने कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ ।संस्थाका सञ्चालक र कर्मचारीलाई प्रदेशमा बोलाइ साधारणसभाको निर्णय बमोजिम तत्काल रकम असुलीको कारवाही अघि बढाउन प्रदेशले निर्देशन दिएको छ ।
समस्या समाधान गर्न प्रदेशले सहजीकरण गर्ने उल्लेख गरेको छ । सर्बसाधरणको बचत फिर्ता गर्नसक्ने अवस्थमा संस्थालाई पु¥याउन प्रदेशले सहजीकरण गर्ने जनाएको छ ।
Leave a comment