राष्ट्रिय सहकारीमा नयाँ नेतृत्व

राष्ट्रिय सहकारीमा नयाँ नेतृत्व :: Sahakari Akhabar

पोखरा । राम बजारस्थित राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ नेतृत्व चयन भएको छ । १९औं वार्षिक साधारणसभाले सीता दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा बलबहादुर तिलिजा पुन, सचिवमा डम्बरबहादुर बानियाँ, कोषाध्यक्षमा रुपादेवी गुरुङ निर्वाचित भएका छन् । सञ्चालकमा रवीन्द्र गर्बुजा पुन, टेकबहादुर पुन र मधुमाया पुन निर्वाचित भए ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा नरबहादुर पुन, सदस्यमा यामकुमार पुर्जा र रुपबहादुर खोरजा निर्वाचित भएका छन् । अध्यक्ष दाहालले सहकारीलाई सदस्यमैत्री बनाउन क्रियाशील हुने बताइन् ।सहकारीका सेयर सदस्यको हकहित, क्षमता अभिबृद्धि, वित्तीय साक्षरता लगायतका क्षेत्रमा काम गर्ने उनको भनाइ छ ।



Leave a comment