दोलखामा तीन सहकारी एकिकरण

दोलखामा तीन सहकारी एकिकरण :: Sahakari Akhabar

नवीनकुमार खतिवडा,दोलखा । वैतेश्वर गाउँपालिका तीन वटा सहकारी एकिकरण भएका छन् । एकिकरण पछि संस्थाले पहिलो साधारण सभा गरेको छ । 

साबिकका जन उत्थान साकोस, नवज्योति साकोस र बैशाखेश्वर साकोस बिच एकिकरण भएको हो । एकिकरण पछि नव जन उत्थान साकोस बनेका छन् । नव जनउत्थान बचत तथा ऋण सहकारि संस्था लि. नाम र बैतेश्वर ३,खावा दोलखा ठेगाना रहनेगरि संस्था एकिकरण भएका हुन् । 

एकिकृत सहकारीका तदर्थ समितिका संयोजक तेन्जिङ शेर्पाको अध्यक्षता भएको साधारण सभाको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका संचालक सदस्य एवं बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्काको प्रमुख आतिथ्यता र दोलखा जिल्ला बचत संघका उपाध्यक्ष पवन प्रसाद दहालको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारण सभामा तदर्थ समितिका संयोजक तेन्जिङ शेर्पाले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा सुपरिवेक्षण समितिका संयोजक शेषनारायण दहालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन अनुसार एकिकरण गरिए पश्चात २ हजार २ सय ५५ जना शेयर सदस्य र १ हजार ५४ बाल बचतकर्ता तथा १० संघसंस्था गरि ३४१० सदस्य पुगेको ज ।

संस्थाको कुल पुजी १४ करोड ४६ लाख १६ हजार १ सय ३१, शेयर पूँजि १ करोड २० लाख १९ हजार ७ सय तथा बचत निक्षेप १० करोड ७७, लाख ३ हजार २ सय ५९ रहेको छ । 

संस्थाले एकिकृत प्रथम साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि, उत्कृष्ट तरकारि तथा पशु व्यवसायी, जेष्ठ नागरिक, विद्यार्थी लगायत उत्कृष्ट कर्मचारिलाई सम्मान गरेको छ ।

एकिकृत प्रथम वार्षिक साधारण सभाले अध्यक्षमा तेञ्जिङ शेर्पा, उपाध्यक्ष ङिमा दोर्जे शेर्पा, सचिव केदार दहाल, सहसचिव कर्णदोर्जे शेर्पा, कोषाध्यक्ष सुकु शेर्पालगायत १३ सदस्यीय संचालक समिति र सिताराम दहालको नेतृत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिती सर्वसम्मत निर्वाचित गरेको छ ।



Leave a comment