काभ्रे । बनेपास्थित अग्नी बचत तथा ऋण सहकारी संस्थाले साधारणसभाको अवसरमा ६ जना जेष्ठ नागरिक सदस्यलाई सम्मान गरेको छ । १२ औं बार्षिक साधारणसभाको अवसरमा बनेपास्थित कार्यालयमा शिवलाल मानन्धर, पूर्णप्रसाद मानन्धर र कृष्णबहादुर तामाङ र पाँचखाल सेवा केन्द्रमा हरिबहादुर दनुवार, बावुराम सार्की र हरिबहादुर श्रेष्ठलाई सम्मान गरिएको संस्थाका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए ।
कार्तिक ४ र ५ गते चलेको साधारणसभा जेष्ठ सदस्य शिवलाल मानन्धरले उद्धघाटन गरेका थिए । कार्यक्रममा उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाका सचिव शान्तमणि रिजाल, सुन्दरबस्ती बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक रोशन चौलागाई, अग्नी बचत तथा ऋण सहकारी संस्थाका सचिव शिव केसी लगायत अतिथी, शेयर सदस्यको उपस्थिती थियो ।
यो बर्ष ५९ करोडको कारोवार गरेको सहकारी संस्थाको शेयर पु“जी ३ करोड ९३ लाख छ । ४६ करोड ४३ लाख ऋण लगानी गरेको प्रमुख कार्यकारी अधिकृत राहुल चौप्रधानले जानकारी दिए ।
सहकारी संस्थाले सामाजिक काम समेत गर्दै आएको छ । कोरोना महामारीको समयमा बनेपा, पनौती, धुलिखेल, पाँचखाल लगायतका स्थानीय तहमा खाद्यान, स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । .
Leave a comment