सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका ९ मा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा २१ गते सम्पन्न भएको छ । संस्थाले कोभीड १९ को महामारीलाई ध्यानमा राखेर असोज ८ गतेदेखि २० गतेसम्म सदस्यको सहभागीता गराएको थियो ।
सभामा संस्थाका अध्यक्ष बिकास काजी श्रेष्ठले आफ्नो मन्तव्य राख्दै संस्थामा ५५ सय सदस्य पुगेको बताए । उनले सदस्यहरुलाई ब्यवसायीक बनाउन १२.५ प्रतिशतमा ब्यवसाय पुनर्उथान कर्जा प्रदान गरेको जानकारी गराए ।
साथै संस्थाले ९.९९ प्रतिशतमा कृषि तथा पशुपालन कर्जा दिएको बताए । संस्थाले आफ्नै भवनबाट सदस्यहरुलाई विभिन्न सेवा प्रदान गरेको उनको भनाइ छ । उनले आउँदा दिनमा लघुवित्त कार्यक्रम पनि संचालन गर्ने र सदस्यहरुलाई प्रविधि मैत्रि सेवा प्रवाह गर्ने बताए ।
संस्थाका सचिव दिपक विक्रम थापाले संस्थाको आर्थिक वर्ष ०७७/०७८ को बार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष ०७८÷०७९ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाले ब्यवसायीक योजना निमार्ण गरेर अगाडी बढेको, सहकारी संस्थाहरु बिच अन्तक्रिर्या कार्यक्रम गरेको बताए ।
सामुदायिक बिद्यालयहरु संग अन्तरक्रिया, सदस्यलाई बिमा सुबिधा प्रदान गरेको सभामा जानकारी दिए । त्यसैगरी संस्थाले प्रदान गर्दै आएको छात्रवृति कार्यक्रमलाई निरन्तरता दिएको जनाएका छन् । उनले यो वर्ष ७ जना विद्यार्थीलाई ५४ हजार रुपैयाँ छात्रवृति प्रदान गरेको जानकारी दिएका छन् ।
संस्थाले सदस्यहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार समेत प्रदान गरेको जनाइएको छ । त्यसैगरी सामुदायिक विद्यालयलाई सहयोग स्वरुप १ लाख ६ हजार ९९९ रुपैयाँ भवन निर्माण गर्न प्रदान गरेको जनाए । कोभिडको समयमा सदस्यहरुलाई ७ लाख ४ हजार ९९९ रुपैयाँ ब्याजमा छुट दिएको बताए ।
त्यसैगरी कोषाध्यक्ष विकाश पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै ३६ लाख ५६ हजार ६ सय रुपैयाँ शेयर पुँजी तथा ४७ करोड ५ लाख ७० हजार ४५७ रुपैयाँ संकलन भएको जानकारी दिए ।
उनले संस्थाको जगेडा कोषमा २ करोड ५० लाख २७ हजार ७५६ रुपैयाँ रहेको जनाए । संस्थाले ३४ करोड १३ लाख ९५ हजार ८२१ रुपैयाँ ऋण लगानीमा रहेको र संस्थाले ५ करोड ७५ लाख २० हजार ४१५ रुपैयाँ खुद आम्दानी गरेको जानकारी गराएका छन्। सभामा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले शुभकामना ब्यक्त गरेका थिए ।
Leave a comment