हाइलाइट

सजिलो साकोसको इकाइ साधारण सभा असोज २२ बाट सुरु

सजिलो साकोसको इकाइ साधारण सभा असोज २२ बाट सुरु :: Sahakari Akhabar

भरतपुर । कृष्ण चोकमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाको १० औँ बार्षिक साधारण सभा शुक्रबार बाट सुरु भएको छ।

संस्थाले कोभीड १९ को महामारीलाई ध्यानमा राखेर शुक्रबार देखि इकाई साधारणसभा सुरु गरेको हो । सस्थाका सदस्यहरु लाई सदस्यता नम्बरको आधारमा बिभाजन गरी साधारण सभा सुरु गरीएको छ ।

असोज २२, २३ र २४ गते इकाई साधारणसभा र कात्तिक ३ गते प्रतिनिधिमूलक साधारण सभा हुने सस्थाका अध्यक्ष मिन बहादुर परीयारले बताए ।

कोभीड १९ को जोखिमबाट बचेर साधारणसभा सम्पन्न गर्न भरतपुर महानगरले जारी गरेको सहकारी सस्थाको साधारण सभा कार्यव्याबस्था निर्देशिका २०७७ अनुरुप संस्थाले साधारण सभा सुरु गरेको अध्यक्ष परीयारको भनाई छ ।

इकाई साधारण सभामा सदस्यहरुको सुझाब सङकलन गरीएको छ । शुक्रबार सम्पन्न इकाई साधारणसभाका प्रमुख अतिथि सस्थाका सस्थापक अध्यक्ष तोयनाथ पौडेल तथा बिशिष्ट अतिथि सस्थाका पुर्व अध्यक्ष कृष्ण श्याम गिरि रहेका छन् । कार्यक्रमलाई सस्थाका सचिब लिलानाथ न्यौपानेले सहजिकरण गरेका थिए । 



Leave a comment