काठमाडौं । गोकर्णेश्वर–६, जोरपाटीमा प्रधान कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको साँखु सेवा केन्द्रले आफ्नै भवनबाट कारोबार सुरु गरेको छ । घटस्थापनाका दिन संस्थाले साँखु सेवाकेन्द्रको भवन उद्घाटन गरेको हो ।
शंखरापुर–६, साँखुमा निर्मित नेचुरल सहकारी भवनको उद्घाटन शंखरापुर नगरपालिकाका मेयर सुर्बण श्रेष्ठले भवन उद्घाटन सँगै एटिएम बुथको समेत उद्घाटन गरेका थिए । कार्यक्रममा शंखरापुर नगरपालिकाका उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ, संस्थाका अध्यक्ष शर्मिला अमात्य, सचिव तथा प्रमुख कार्यकारी विकल्प पाठक, शंखरापुर–६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ, स्थानीय विशिष्ठ व्यक्तित्व, संस्थाका सञ्चालक, कर्मचारी, सेयर सदस्य र स्थानीयको उपस्थिती रहेको थियो ।
मेयर श्रेष्ठले नेचुरल सहकारी शंखरापुर नगरकै उत्कृष्ठ सहकारी रहेको बताए । उनले कारोबार, सदस्य सेवा, संस्थाले गरेको सामाजिक काममा संस्था उत्कृष्ठ रहेको बताए ।संस्थाको साँखु सेवा केन्द्रबाट २ हजारभन्दा बढी सदस्यले सेवा लिदै आएको छ । नेचुरल सहकारीको साँखुमा सेवा केन्द्र स्थापनाको चार वर्ष पुगेको छ ।
संस्थाका प्रमुख कार्यकारी संचालक विकल्प पाठकले सदस्यहरुको साथले नै आफ्नै भवनबाट कारोबार शुभारम्भ गर्न सम्भव भएको बताए । संस्थाले प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिँदै सदस्यको साथमा संस्था रहेको समेत पाठकले बताए ।
Leave a comment