नविनकुमार खतिवडा, दोलखा । बैतेश्वर गाउँपालिका मैनापोखरी स्थित जसचेतन बचत तथा ऋण सहकारी सस्थाले दिपक प्रकाश बास्कोटालाइ जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । संस्थाले रजत जयन्तीको अवसर (२०७४) मा स्थापना गरेको जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कारबाट राष्ट्रिय सहकारी माहासंघ र राष्ट्रिय सहकारी बैंकका संस्थापक अध्यक्ष सहकारी अभियान्ता एवम पुर्व गृह राज्य मन्त्री बास्कोटालाई सम्मान गरेको हो ।
सहकारीको क्षेत्रमा लागेर राष्ट्रिय योगदान पुर्याउने ब्यक्ति लाई प्रदान गर्ने उक्त पुरस्कारको राशि २५ हजार १ रुपैया रहेको छ । सस्थाको २९ औ स्थापना दिवसको दिन नेकपा एमाले का केन्द्रिय सदस्य तथा पुर्व मन्त्री तथा सांसद पार्वत गुरुङले उक्त पुरुस्कार प्रदान गरेका हुन ।
जनसचेतन साकोसका अध्यक्ष हेमन्तकुमार चौलागाईंको अध्यक्षतामा भएको स्थापना दिवस तथा शुभकामना आदनप्रदान कार्यक्रममा बास्कोटाले सहकारीले अब आफ्ना सदस्य हरुलाई उत्पादनमा लागाउनु पर्ने भन्दै यस तर्फ लाग्न सहकारीलाई आग्रह गरे ।
उनले कृषि प्रधान मुलुकमा क्रमश जमिन बाझो हुँदै गएको र यसो हुनु राम्रो नहुने हुनाले बाझो रहेको जमीनमा माटो सुहाउँदो उत्पादनमा लाग्न आग्रह गर्दै यसतर्फ सहकारीले लगानी गर्नु पर्ने बताए । कार्यक्रममा सांसद पार्वत गुरुङले पछिल्लो समय समाजमा विभिन्न सामाजिक विकृतीहरु देखा परेकोले यसको नियन्त्रणमा लाग्न सहकारीका सदस्य लाई आग्रह गरे ।
उनले राज्यको समृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा गर्न सहकारीको योगदान रहने बताए । सस्थाका सचिब कमल बहादुर दहालले सस्थाको बार्षिक प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष भरत केसीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले यस बर्ष मात्र दोलखा बाहेक काभ्रेपलान्चोक, भक्तपुर, काठमाडौ जिल्ला भर र ललितपुर महानगरपालिका थप गरि ५ जिल्ला कायम गरि सेवा क्षेत्र बिस्तार गरेको छ । संस्थामा हाल ३५ हजार सदस्य तथा २ अर्ब ३१ करोड कुल पुजी रहेको छ ।
सहकारीको गुणस्तर सुनिश्चितता सम्बन्धि अन्तरास्ट्रिय स्तरको प्रमाणीकरण कार्यक्रम एक्सेस ब्रान्ड अन्तर्गत एसियायी ऋण माहासंघ बाट सिल्भर ब्रान्ड प्राप्त सहकारी हो । सस्थाले बचत तथा ऋणको अलवा विभिन्न सामाजिक कार्यहरुमा पनि कार्य गर्दै आएको सस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले बताए ।
उनले ७५ बर्ष पुगेका शेयर सदस्य हरुलाई आजीवन मासिक ५०० भत्ता उपलब्ध गराउदै आएको जानकारी दिए । त्यसैगरी संस्थाले गरिब जेहेनदार छात्रवृत्ति,सदस्य हरुलाई उपचार सेवामा छुट,उत्कृष्ट बचत कर्ता,ऋणी,शेयर खरिद कर्ता सम्मान लगाएतका कार्यक्रमहरु गर्दै आएको ।
सस्थाले सदस्य सुरक्षा कोष कार्यक्रम मार्फत सदस्यको मृत्यु पश्चात आश्रित परिवारलाई १० हजार देखि ४० हजार सम्म राहत प्रदान गर्दै आइरहेको छ । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष यज्ञराज ढुंगेल,पुर्व अध्यक्ष एवं बागमती प्रदेश सहकारी संघका महासचिव भिम प्रसाद दहाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
Leave a comment