Sahakari Akhabar

रोयल सहकारीद्धारा सदस्यको विमा बापतको ६ लाख रुपैयाँ भुक्तानी

रोयल सहकारीद्धारा सदस्यको विमा बापतको ६ लाख रुपैयाँ भुक्तानी :: Sahakari Akhabar

काठमाण्डौ । बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारीद्धारा सदस्यको विमा बापतको ६ लाख वढी रकम भुक्तानी गरेको छ । संस्थाले आज एक कार्यक्रम गरी विमा दावी भुक्तानी बापतको ६ लाख ३२ हजार रुपैया विमकलाई दिएको हो ।

संस्थाको फर्पिङ सेवा केन्द्र अन्तर्गतका सदस्य राम गदेल कामीको एक वर्ष अघि निधन भएको थियो । उनले सहकारी मार्फत विमा गराएका थिए । ३७ वर्षका सदस्य गदेल ज्वरोका कारण मृत्यु भएको उनकी श्रीमती सीता गदेलले जानकारी दिइन । उनले सहकारी संग सदस्य भएर कारोबार गर्दै आएका थिए ।

विमा बापत एक किस्ता बापत ५० हजार ३०४ रुपैयाँ बुझाएका गदेलले सहकारी मार्फत विमा कार्यक्रममा सहभागी भएकाा थिए । कार्यक्रममा संस्थाका प्रवन्ध संचालक सिताराम काफ्लेले सहकारलिे सदस्यको आवश्यकताका आधारमा सेवा दिनुपर्ने बताए ।

उनले सदस्यलाई संस्थाका हरेक सेवासंग जोडन सके जीवनको कुनै दिन सदस्य तथा उनमा आश्रित परिवारलाई राहत पुग्ने बताए । संस्थाले ३ हजार ७३ जनाको जीवन विमा गराएको र १ अर्व दुई करोड बढी विमा बापतको विमाङ्क बुझाइसेको जानकारी दिए ।

अहिलेसम्म ६ जनाको विमा दावी भुक्तानी गरिसकेको  जनाए । संस्थाले नेशनल लाइफ इन्सुरेन्स संग सहकार्य गरेको छ ।  संस्थाले कम्पनीका प्रतिनिधिको रोहबरमा संस्थाका अध्यक्ष भानुभक्त ढकाल, प्रवन्ध संचालक सीताराम काफ्लेलगायतले विमकलाई चेक हस्तान्तरण गरेका थिए । 



Leave a comment