काठमाण्डौ । खिचापोखरीमा मुख्य कार्यालय रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाले २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाले कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै एक साता सदस्य उपस्थिति पुस्तिका खुला तथा प्रतिवेदन वितरण गरी साधारणसभा सम्पन्न गरेको हो ।
त्यस अवधिमा सदस्यहरुबाट प्राप्त सल्लाहसुझावालाई समेटेर संस्थाले गत शनिवार विद्युतीय माध्यमबाट साधारणसभा सम्पन्न गरहेको जनाएको छ ।
सभामा संस्थाका अध्यक्ष अनुपकुमार अग्रवालले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थीए । उनले संस्थालाई समुदायमा आधारित दिगो र प्रविधिमैत्री एक उत्कृष्ठ वित्तीय सहकारी संस्थाकोरुपमा स्थापित गराइसकेको बताए ।
संस्थाले सहकारी सिद्धान्त र मर्ममा आधारित भएर सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ भने सदस्यहरुको सहजताका लागि मोबाइल बैंकिङ प्रयोगमा ल्याएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर, ज्येष्ठ सदस्य सम्मान, राहत तथा रक्तदान जस्ता गतिविधि सञ्चालन गर्दै आएको उनले बताए ।
भौतिक, जुम प्रविधि र फेसबुक लाइभबाट भएको साधारणसभाको सञ्चालक समिति सदस्य एवं संस्थाका ज्येष्ठ सदस्य काजी लामाले उद्घाटन गरेका थिए ।
आर्थिक बर्ष २०७७/०७८ को अन्त्यसम्ममा संस्थाको चुक्ता शेयर पुंजी रु १ करोड ७८ लाख ३७ हजार रहेको छ । त्यसैगरी बचत संकलन २१ करोड २५ लाख र ऋण लगानी २१ करोड २२ लाख गरेको छ । संस्थाले बचत तर्फ ८१.६ प्रतिशत र ऋण लगानीतर्फ ७२.४९ प्रतिशत बृद्धि गर्न सफल भएको छ ।
संस्थाले आगामी नीति तथा कार्यक्रमहरुमा संस्थाको साख तथा ब्राण्डलाई विस्तार गरी सदस्य माझ उत्कृष्ट संस्था को पहिचान बनाउने, संस्थागत सुशासनलाई चुस्त, दुरुस्त बनाउँदै लैजाने, नीति लीएकाे छ ।
संस्थाबाट सदस्यहरुलाई दिने सेवा सुविधालाई थप व्यवस्थित बनाउँदै प्रविधिमा विशेष जोड दिने, सेवा केन्द्र विस्तार गर्ने रहेका छन् ।
त्यसैगरी संस्थाको शेयर वृद्धि गर्नका लागि सदस्यहरुलाई शेयरमा लगानी बढाउन थप प्रोत्साहन गर्ने, सदस्यहरुको जन्मदेखि मृत्यु संस्कारका कार्यक्रम ल्याउने भएको छ ।
Leave a comment