Sahakari Akhabar

कुमारी साकोसको पाँचौं सेवा केन्द्र कोटेश्वरमा

कुमारी साकोसको पाँचौं सेवा केन्द्र कोटेश्वरमा :: Sahakari Akhabar

काठमाडौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले पाचौँ सेवा केन्द्र कोटेश्वरको उद्धघाटन गरेको छ । संस्थाले घटस्थापनाको दिनको अवसर पारेर असोज २१ गते उक्त सेवा केन्द्रको उद्धघाटन गरेको हो ।

संस्थाको मुख्य कार्यालय सहित ६ स्थानबाट सेवा दिनथालेको संस्थाका अध्यक्ष सूर्यध्वज न्यौपानेले जानकारी दिए । संस्थाको मुख्य कार्यालय चाबहिल तथा सेवा केन्द्रहरु कालीमाटी, ठमेल, साँखु, बालाजु र कोटेश्वरबाट सदस्यहरुले बचत भुक्तानी, बचत जम्मा, रेमिटेन्स, ऋण कारोबार लगाएत एटिएम सेवा लिन पाउने भएका हुन ।

कोटेश्वर सेवा केन्द्रमा दैनिक २ सय जना सदस्यले सेवा लिने  र सदस्य विस्तार पनि गर्दै जाने योजना रहेको सेवा केन्द्र इन्चार्ज गोविन्द दंगालले जानकारी दिए । संस्थाले एसएमएस मोबाइल बौंकिङ, एटिएम सेवालगायत ३६५ दिन नै सदस्यलाई वित्तिय सेवा प्रदान गरिरहेको जनाइएको छ । 




Leave a comment