काठमाडौं । चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा संस्थाले विभिन्न क्षेत्रमा योगदान गर्ने ब्यक्तीत्वहरुलाई सम्मान गरेको छ ।
संस्थाले गत दुई आर्थिक वर्षमा संस्थामा उत्कृष्ट कारोबार गर्ने १० जना शेयर सदस्यलाई उत्कृष्ट शेयर सदस्य र संस्थामा आवद्ध ७५ वर्ष माथिका ५ जना शेयर सदस्यहरुलाई जेष्ठ सदस्य सम्मान प्रदान गरेको छ ।
त्यसैगरी खेल क्षेत्रमार्फत समाजमा विशेष योगदान पुर्याए वापत नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक एवं संस्थाका शेयर सदस्य बाल गोपाल महर्जनलाई नगद पुरस्कार सहित विशेष सम्मान प्रदान गरिएको छ ।
संस्थाको आर्थिक वर्ष २०७७/०७८ मा कुल सम्पत्ति ३२.६० प्रतिशतले वृद्धि भई ८९ करोड २७ लाख पुगेको छ । त्यस्तै चालु आर्थिक वर्षमा संस्थाले १९ प्रतिशतले कुल सम्पत्ति बृद्धि गरी १ अर्ब ६ करोड पुयाउने लक्ष्य राखेको छ ।
संस्थाको सेयर पुँजी ८ करोड १६ लाख र जगेडा कोष ३ करोड ३९ लाख रहेको छ । संस्थामा हाल १ हजार ३ सय ८१ जना सेयर सदस्य छन् । यो संख्या बढाएर चालू आवमा १ हजार ८ सय पुर्याउने लक्ष्य छ ।
संस्थाले विभिन्न क्षेत्रमा ६५ करोड १० लाख कर्जा प्रवाह गरेको छ । गत आवमा ३५ लाख ७० हजार राजश्वमा योगदान गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले चाइना ट्रेड सहकारीलाई मुलुककै उत्कृष्ट मध्येको एक संस्था बनाउने बताए । उनले २०६४ सालमा २९ जना शेयर सदस्य र ७० लाख चुक्ता पूँजीबाट महाबौद्ध, काठमाडौंमा शुरु भएको बताए ।
चालु आ.व.मा संस्थाको नेतृत्व र ब्यवस्थापनको क्षमता अभिबृद्धि गर्दै संस्थाले ज्येष्ठ सदस्य, महिला सदस्य, र बाल सदस्यका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङ, काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका सञ्चालक तुलसी सापकोटालगायतले शुभकामना मन्तब्य राखेका थिए ।
Leave a comment