शुभप्रवा कोअपरेटिभको १२ औँ बार्षिक साधारण सभा सम्पन्न

शुभप्रवा कोअपरेटिभको १२ औँ बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । चुच्चेपाटी चाबहिलमा रहेको शुभप्रवा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभको १२ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा पूर्व अर्थ मन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि महतले ३० हजार भन्दा बढीको संख्यामा सहकारीहरु देशै भरि रहेको बताउँदै यो भिडमा शुभप्रवाले आफ्नो छुट्टै स्थान बनाउदै १२ वर्ष पुरा गरेकोमा बधाई तथा सफलताको शुभकामना दिए ।

कार्यक्रममा उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बचतकर्ता ,उत्कृष्ट ऋणी तथा उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा शेयर सदस्यलाई प्रमाण पत्र तथा नगद प्रदान गरिएको सहकारीका मुख्य कार्यकारी निर्देशक सुवास खड्काले जानकारी दिए ।



Leave a comment