संस्थाको २१औ वार्षिक साधारण सभा सम्पन्न
भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्था र शुभकार्य कृषि सहकारी एकिकरण हुने भएको छ । संस्थाको २१औ बार्षिक साधारण सभामा दुइ संस्था एकिकरण गर्ने निणर्य परित भएको हो । संस्थाले असोज १६ गते शनिवार बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
बिश्व महामारी कोभिड १९ को संक्रमणलाई ध्यानमा राखी सहकारी बिभागको सूचना तथा नेपाल सरकारको स्वास्थ्य मापदण्ड समेतलाई मध्यनजर गरी सिमित सदस्यहरु मात्र भौतिक उपस्थितिमा संस्थाले सभा सम्पन्न गरेको हो ।
सभा संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्वमा सम्पन्न भएको थियो । सभामा उपाध्यक्ष एवं साधारण सभा तयारी समितिका संयोजक निर्मला सुवालले स्वागत गरेका थिए । सभाले सचिव पुष्पलाल तिमिलाद्धारा प्रस्तुत आ।ब।२०७७।०७७८ का कार्यक्रम तथा आगामी बर्षको नीति तथा कार्यक्रम पास गरेको छ ।
त्यसैगरी कोषाध्यक्ष बलराम जु श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले उक्त आवमा १२ करोड ११ लाख ५० हजार २९२ रुपैया २९ पैसा आाम्दानी तथा ९ करोड ४८ लाख २९ हजार ४७५ रुपैया १८ पैसा खर्च गरी कुल २ करोड ६३ लाख २० हजार ८१७ रुपैया ११ पैसा नाफा भएको जानकारी दिए ।
संस्थाको कुल वासलात १ अर्व २५ करोड ९९ लाख १३ हजार ६३७ रुपैया ९८ पैसाको आर्थिक प्रतिवेदनको साथै आगामी बर्षको ४ करोड ९ लाख ८४ हजार ४८९ रुपैया ८७ पैसा कुल नाफा तथा कुल वासलात १ अर्व ४६ करोड ३४ लाख ९५ हजार ३५० रुपैया ५० पैसाको अनुमानित बजेट समेत प्रस्तुत गरेका थिए ।
सभाले शुभकार्य कृषि सहाकरी संस्थासंग मर्ज गर्न गठित कार्यदलले गरेको कार्यहरु अनुमोदन गरेको छ । साथै अन्य सहकारी संस्थाहरु संग समेत मर्ज गर्दै जाने निर्णय गरेको छ ।
Leave a comment