एसईईमा उत्कृष्ट १० जनालाई नवकान्तिपुरको सम्मान

एसईईमा उत्कृष्ट १० जनालाई नवकान्तिपुरको सम्मान :: Sahakari Akhabar

काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले एसईईमा उत्कृष्ट हुने सदस्यका छोराछोरीलाई सम्मान गरेको छ । संस्थाको २४ औं वार्षिक साधारणसभाका अवसरमा ५/५ जना छात्ररछात्रालाई सम्मान गरिएको थियो । २०७७ सालको एसईमा उत्कृष्ट हुनेबाट सम्मान गरिएको हो । उनीहरुलाई १० हजार १ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो

सम्मानित हुनेहरुमा प्रत्युस मैनाली, देव नायक बास्तोला, रोशनकुमार ठाकुर, ईशान अधिकारी, शब्द न्यौपाने, निशा तामाङ, विश्विका विद्याधर, सुमना कार्की, सजिना श्रेष्ठ हुन् ।त्यसैगरी संस्थाले निरन्तर संस्थामा १५ वर्ष काम गरेका उत्कृष्ट कर्मचारीलाई पनि संस्थाले सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा नारायणबाबु कँडेल र रामकृष्ण अर्याललाई संस्थाले साधारणसभाका अवसरमा सम्मान गरेको हो । उनीहरुलाई ७५ हजार १ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । सभामा अध्यक्ष शिवप्रसाद सिटौलाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सेयर सदस्यलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरे । संस्थाले अघिल्लो पटक १८ प्रतिशत लाभांश दिएको थियो । 

संस्थाले गत आर्थिक वर्षमा ३ करोड २९ लाख खुद नाफा गरेको छ । यो गत वर्षको तुलनामा १६.५२ प्रतिशत कमी हो । संस्थाले २ अर्ब ६१ करोड २९ लाख निक्षेप संकलन गरी १ अर्ब ५१ करोड ९५ लाख कर्जा प्रवाह गरेको छ । 

संस्थाले प्रविधिमैत्री सेवामा जोड दिएको छ । एटीएम, बोबाइल वालेट, रेमिट्यान्स, क्युआरकोड, अन्तर बैंक भुक्तानी सेवा दिएको छ । अध्यक्ष  सिटौलाले प्रविधिमैत्री सेवामा विशेष जोड दिइएको बताए  ।



Leave a comment