विराटनगर । रेमिट वचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार मोरङको ग्रामथान वडा नं २ झोराहाटमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
ज्येष्ठ नागरिक सतनलाल राजवंशी, खेतप्रसाद ढकाल र झुथरी चौधरीलाई सम्मान गरिएको हो । त्यसैगरी एसइइमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका सन्तानबाट रुजन भट्टराई र रानी निरौलालाई सम्मान गरिएको छ ।
त्यसैगरी पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रमा योगदान पुर्याउने नागरिक दैनिकका पत्रकार विनोद सुवेदीलाई लाई पनि संस्थाले सम्मान गरेको छ ।
संस्थाले अघिल्लो आर्थिक वर्षमा १२ करोड लगानी गरी ५० लाख खुद मुनाफा कमाएको छ । संस्थाका १६ सय शेयर सदस्य छन् । कार्यक्रममा उत्कृष्ट शेयर सदस्य राजकुमार माझी र ललीता चौधरीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा ग्रामथान वडा नं २ का वडाअध्यक्ष कृष्ण कुमार माझी, सरस्वती नमूना उच्च माविका प्राचार्य अशोक लुइँटेल, झोराहाट साना किसान सहकारी संस्थाका अध्यक्ष रुद्र बहादुर कार्की, प्रभात वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रयाग न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
Leave a comment