पोखरा रोयल साकोसमा नयाँ सञ्चालक समिति चयन

पोखरा रोयल साकोसमा नयाँ सञ्चालक समिति चयन :: Sahakari Akhabar

२०औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा । बुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारीको २०औं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको छ ।

संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा क्या।चन्द्रप्रसाद गुरुङ्ग, सचिव केशवप्रसाद ढकाल, कोषाध्यक्ष गीरबहादुर श्रेष्ठ सदस्यहरुमा कृष्ण ढकाल, केदारनाथ पोखरेल, सि।आई।हरिबहादुर गुरुङ्ग, उमा परियार र एकबहादुर गुरुङ्ग निर्वाचित भएका हुन ।

यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा हर्कबहादुर गुरुङ्ग र सदस्यहरुमा खिमकुमारी गुरुङ्ग तथा नारायण सुवेदी निर्विरोध रुपमा चयन भएको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी दिए । 

साधारण सभाको गण्डकी प्रदेश सहकारी रजिष्ट्रार उदयबहादुर पराजुलीले उद्घघाटन गरेका थिए । रजिष्ट्रार पराजुलीले पोखरा रोयल सहकारी नेपालकै उत्कृष्ठ सहकारी रहेको र यसले अरु सहकारीलाई समेत संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन सिकाउन पर्ने बताए ।

संस्थाले वित्तीय सन्तुलन कायम गर्दै थप रोजगारी सिर्जना र उत्पादन वृद्धि हुने क्षेत्रमा लगानी केन्द्रित गर्न सुझाव दिए । कार्यक्रममा संस्थाका नवनिर्वाचित अध्यक्ष रुद्रकुमारी गुरुङ्ग, सल्लाहकार मेजर रामप्रसाद गुरुङ्ग, एकनारायण ढकाल र पुरस्कृत सदस्य प्रभात पौडेल लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा वर्ष उत्कृष्ठ कर्मचारीको रुपमा अविनास पौडेल, उत्कृष्ठ सदस्यहरुमा प्रभात पौडेल, पार्वती पौडेल बराललाई सम्मान गरिएको थियो ।

त्यसैगरी बाल बचतकर्ता अञ्जली गुरुङ्ग, उत्कृष्ठ लघुवित्त केन्द्रतर्फ प्रथम हुने हरियाली रोयल केन्द्र, द्धितिय हुने शिशुवा रोयल केन्द्र र तृतिय हुने साथीभाई रोयल केन्द्रलाई पनि सम्मान तथा पुरस्कृत गरिएको थियो ।

त्यसैगरी संस्थाले उत्कृष्ठ सेवाकेन्द्र तर्फ दुलेगौडा सेवाकेन्द्रलाई नगद तथा प्रमाणपत्र बाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।

यसैबिच २० औं वार्षिक साधारण सभाले सञ्चलक समिति, लेखा सुपरिवेक्षण समति, लेखा परिक्षकको प्रतिवेदन र वार्षिक नीति कार्यक्रम तथ बजेट समेत पारित गर्दै शेयर लाभांश तर्फ ८।०२ प्रतिशत, संरक्षित पूँजी फिर्ता कोष तर्फ बचत तर्फको कारोबारमा २।३७ र ऋण कारोबार तर्फ २।४० प्रतिशत लाभ वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

हाल संस्थामा ७ हजार ३४६ जना शेयर सदस्य रहेका छन् भने संस्थाले साप्ताहिक रुपमा सदस्यहरुको उपस्थिति गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

यसैबीच संस्थाको नवनिर्वाचित सञ्चालक समितिको प्रथम बैठकले कोभिड संक्रमणका कारण ज्यान गुमाउने प्रत्येक सदस्यहरुको परिवारलाई प्रति सदस्य ५ हजार आर्थिक सहयोग गर्ने निणर्य गरेको छ ।

साथै कोभिड केयर शिर्षक अन्र्तगत १० लाख सम्मको ऋणमा ८।८८ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने कार्यलाई निरन्तरता दिने निर्णय भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले जानकारी दिए ।



Leave a comment